नेकपा समाजवादी केन्द्रीय अनुशासन आयोग सदस्य कृष्ण अर्याल सहित धादिङका नेताहरु एमाले फर्किए

नेकपा समाजवादी केन्द्रीय अनुशासन आयोग सदस्य कृष्ण अर्याल सहित धादिङका नेताहरु एमाले फर्किए

  • Kandara Samachar

  • शनिबार, पुस १३, २०८१

  • 1.1K
    SHARES
नेकपा समाजवादी केन्द्रीय अनुशासन आयोग सदस्य कृष्ण अर्याल सहित धादिङका नेताहरु एमाले फर्किए

धादिङ ।

नेकपा समाजवादीको केन्द्रीय नेतृत्वमा रहेका नेता समेत नेकपा एमाले फकिएका छन् ।
नेकपा समाजवादी केन्द्रीय अनुशासन आयोग सदस्य तथा किसान महासंघ स्थाइ कमिटि सदस्य कृष्ण अर्याल, सिद्धलेक गाउँपालिका कमिटि अध्यक्ष जिल्ला सचिवालय सदस्य इश्वरी अर्याल, जिल्ला कमिटि सदस्य तुुलकुमार श्रेष्ठ, जिल्ला कमिटि सदस्य तथा गजुरीका नेता हस्तबहादुर तामाङ एमाले घर फर्किएका छन् ।
नेकपा एमालेमा प्रवेश गरेकाहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनी, जिल्ला अध्यक्ष भूमि त्रिपाठी, केन्द्रीय सल्लाहकार परिषद सदस्य जगन्नाथ नेपाल, रामप्रसाद अधिकारी लगायतले स्वागत गर्नुभएको थियो ।
नेकपा एमाले प्रवेश पछि केही समय पार्टी बाहिर बसेकोमा दुख व्यक्त गर्दै आगामी दिनमा एमालेलाई एक ढिक्का बनाउँदै समाजवादी भएकाहरुलाई पुरानामे घर फर्किन आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar