नीलकण्ठका वडा सदस्यलाई “लापा” फ्रेमवर्क अभिमुखिकरण

नीलकण्ठका वडा सदस्यलाई “लापा” फ्रेमवर्क अभिमुखिकरण

  • Kandara Samachar

  • बिहिबार, पुस ४, २०८१

  • 176
    SHARES
नीलकण्ठका वडा सदस्यलाई “लापा” फ्रेमवर्क अभिमुखिकरण

धादिङ ।

नीलकण्ठ नगरपालिकाका वडा सदस्यहरुलाई स्थानीय अनुकुलन कार्ययोजना “लापा” फ्रेमवर्क सम्बन्धी अभिमूखिकरण कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ ।
टिडिएच जर्मनको सहयोगमा समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) द्वारा वडा सदस्यहरुलाई लक्षित गरि कार्यक्रम संचालन गरिएको थियो ।
“लापा” को बारेमा जानकारी दिइ स्थानीय सरकारले स्थानीय अनुभवमा आधारित भएर अनुकुलनका योजनाहरु बनाउन सघाउने र अनुकुलन योजनाका बारेमा पैरवी गरि स्थानीय सरकारको प्राथमिकतामा पारेर योजनाहरुमा समावेश गर्न अभिमूखिकरण आयोजना गरिएको थियो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका वडा सदस्यहरु, नीयलकण्ठ नगर युवा संजालका सदस्यहरुले अनुभवहरु जानकारी गराउँदै फोहर व्यवस्थापन, विषाधीको अत्याधिक प्रयोग, भौतिक निर्माणले वातावरणमा पारेको प्रभाव, अनियमित वर्षा, सुख्खा खडेरी, डँडेलो, विपदका बारेमा स्थानीय सरकारका तयारीका बारेमा कार्यक्रममा सहभागिहरुले जिज्ञासा राखेका थिए ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष शालिकराम दुवाडी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सीताराम अधिकारी, लोकल टु ग्लोबल परियोजनाका परियोजना संयोजक छिरिङ डोल्मा लामा, पैरवी संयोजक सबिन शाक्य लगायतले “लापा” फ्रेमवर्क, स्थानीय सरकारको भूमिका, जनताका सवाल र अनुभव तथा नागरिकले अनुकुलन योजनाका बारेमा थाहापाउनुपर्ने विषयमा जानकारी दिनुभएको परियोजनाका जिल्ला युवा अधिकृत इश्वरी कोइरालाले बताउनुभयो ।
लापा फ्रेमवर्ककाे बारेमा यस अघि नगरपालिकाकाे वडा अध्यक्षहरु, महिला जनप्रतिनिधिहरुलाई पनि अभिमुखीकरण गरिसकिएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar