सामाजिक अगुवालाई मनाेसामाजिक परामर्श र स्वहेरचाह तालिम

सामाजिक अगुवालाई मनाेसामाजिक परामर्श र स्वहेरचाह तालिम

  • Kandara Samachar

  • बिहिबार, मंसिर २०, २०८१

  • 117
    SHARES
सामाजिक अगुवालाई मनाेसामाजिक परामर्श र स्वहेरचाह तालिम

धादिङबेसी ।

सामाजिक अगुवाहरुका लागि ग्रामिण मुखि युवा अभियान (रोयम) नेपालको आयोजना तथा ए ई आई एन लम्जम्वर्गको आर्थिक सहयोगमा संचालित जिबकिा परियोजनाले मनाेसामाजिक परामर्श र स्वहेरचाह तालिम धादिङबेसीमा संचालन गरेकाे छ ।
तिनदिन चल्ने तालिममा वडा महिला संजाल, युवा महिला संजालको पदाधिकारीहरु सहभागी छन् ।
तालिममा जिल्ला स्तरिय युवा महिला संजालका पदाधिकारीहरु, निलकण्ठ नगरपालिका वडा नं ५ र नेत्रावति डबजोङ गाँउपालिका वडा नं ५ को वडा स्तरिय महिला संजालका सदस्यहरु र रोयम नेपालका कर्मचारिहरु गरि कुल १४ जना सहभागिहरुको सहभागितामा बिहीबार तालिम सुरु भएको छ ।
समुदायमा लैगिक हिंसा प्रभाबित महिलाहरुको लागि मनोबिमर्श सेवा तथा लैगिक हिंसाका घटनाहरुको सम्बन्धीत निकायमा प्रेशण गर्ने प्रकिृया तथा स्वहेरचाहा गर्ने तरिका बिषयमा तालिम लक्षित हुने छ । तालिममा सहजिकरण महिला मानब अधिकार रक्षक गायत्री खतिवडा र रोयम नेपालका जिल्ला परियोजना संयोजक हरिशरण धितालले गर्नु भएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar