धादिङ ।
स्व मनोज श्रेष्ठ स्मृति कप भलिबल प्रतियोगितामा सिंगङ्ग एकता समाज खनियाबास प्रथम भएकाे छ ।
प्रतियोगिताकाे पुरुष तर्फकाे फाईनल खेल आइतबार बिहान धादिङबेसीमा भएकाे थियाे ।
फाइनल खेलमा सिंगङ्ग एकता समाज खनियाबासले रुबीभ्याली गाउपालिकालाई २५-२०, २५-१९ र २५-१९ काे साेझाे सेटमा पराजित गर्दै १ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार जितेकाे आयोजक जिल्ला भलिबल संघका अध्यक्ष तिलक गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा सिद्धलेक र गंगाजमुना गाउँ पालिकाकाे टिम तृतीय भयाे ।
दोस्रो भएको रुवीभ्यालीले नगद ५५ हजार ५५५ र सेमिफाइनल पुगेका गंगाजमुना र सिद्धलेकले २०/२० हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र पाएका छन् ।
११ पालिका सहभागी प्रतियोगिता मंसिर ६ गतेबाट सुरु भएर ९ गते सकिएकाे छ ।
प्रतियाेगिताभरबाट सर्वोकृष्ट खेलाडी – योहाङ तामाङ,
उत्कृष्ट सर्भर दिलिप तामाङ (सिङ्गम एकता समाज), उत्कृष्ट डिफेन्डर कोबहादुर तामाङ (रुवी भ्याली), उत्कृष्ट सेंटर- उपेन्द्र तामाङ, उत्कृष्ट मिडिल ब्लगर सुजन तामाङ (सिङगम एकता समाज), उत्कृष्ट स्पाइकर प्रकाश तामाङ (रुवी भ्याली) र उत्कृष्ट कोच जस बहादुर तामाङ (सिङगम एकता समाज) घाेशित भएकाे छ । उत्कृष्ट खेलाडीहरुलाइ
नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुंगाना, खनियाबास गाउँपालिका प्रमुख रणबहादुर तामा र ज्वालामुखी गाउँ पालिका प्रमुख यमनाथ दनैले मेडल, ट्रफि, नगद पुरस्कार प्रदान गर्नुभयाे ।
यसैगरि प्रतियोगिताको महिलातर्फको उपाधी नीलकण्ठ नगरपालिकाले उचालेको छ ।
नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिका बीचको फाइनल खेलमा नीलकण्ठले सिद्धलेकलाई २५–१७, २१–२५, २५–१९ र २५–१० को सेटमा पारजित गरेको आयोजक जिल्ला भलिबल संघका अध्यक्ष तिलक गुरुङले जानकारी दिनुभयो । प्रतिस्पर्धात्कम प्रतियोगितामा सिद्धलेक गाउँपालिका द्वितिय भयो ।
जिल्लाका १३ पालिका मध्ये ८ पालिका सहभागि भएको स्व मनोज श्रेष्ठको स्मृतिमा संचालित भलिबल प्रतियोगितामा बेनिघाटरोराङ गाउँपालिका र ज्वालामूखी गाउँपालिका तृतिय भएका छन् । प्रतियोगितामा प्रथम द्वितिय र तृतिय हुने टिमलाई
प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५, द्वितिय हुने टिमले ३० हजार ३ सय ३० र तृतिय हुने टिमले १५÷१५ हजार नगद तथा ट्रफी, मेडल समेत पाएको छ ।
ر