✍️ अजिता दहाल क्रान्ति
हातमुख जोर्न धौधौ हुन्छ सधैं खाने खाना छैन ।
फ्याङ्लो लाउदा जाडो भाछ यहाँ लाउने नाना छैन ।
हुरी बतास घामपानी , यै शरीरमा भिज्छ सधैं ,
खुल्ला आकाशमा रात काट्छु ओत्ने छाना छैन ।
उही उमेरका बालबालिका,परिवारको साथमा रम्दा,
एक्लै भोकै तड्पिन्छु सधैं खुवाउने माना छैन ।
भौंतारिन्छु दिनभरी , केही काम पाउने आसमा सधैं ,
पढ्ने बेला फ़ोहोर टिपेँ अहिले खाने दाना छैन
।
बालअधिकारका कुरा गर्दै चर्को भासण जताततै,
छलकपट गरि जीवन धान्ने मेरो कुनै बहाना छैन ।।