राष्ट्रिय युवा संघ अध्यक्षमा सुनिल तामाङ सर्वसम्मत, युवासंघले विज्ञ परिषद बनाउने

राष्ट्रिय युवा संघ अध्यक्षमा सुनिल तामाङ सर्वसम्मत, युवासंघले विज्ञ परिषद बनाउने

  • Kandara Samachar

  • बुधबार, भदौ २६, २०८१

  • 305
    SHARES
राष्ट्रिय युवा संघ अध्यक्षमा सुनिल तामाङ सर्वसम्मत, युवासंघले  विज्ञ परिषद बनाउने

नानु कार्की /धादिङ

राष्ट्रिय युबा संघ नेपाल धादिङको ९ औं जिल्ला अधिबेशनले सुनिल तामाङलाई सर्बसम्मत रुपमा अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएकाे छ ।
राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेकाे प्रमुख आतिथ्मा सम्पन्न अधिवेशनले ५५ सदसिय कार्य समितिकाे सर्वसम्मत निर्वाचित गरेकाे हाे ।
अधिवेशनले उपाध्यक्षमा किरण पाठक, सचिवमा गुनु लामा, सह सचीवमा राजु तामाङ, गणेशलाल श्रेष्ठ, कोषाध्यक्षमा सुमन अधिकारी लाई निर्वाचित गरिएकाे छ । चर्चित युथफाेर्सकाे प्रमुखमा निशान विसुराललाई चयन गरिएकाे छ ।
अधिवेशन उद्घाटन गर्दै मार्क्सवादी चिन्तन र दृष्ट्रिकोण लिएर युवा अघि बढ्नुपर्ने राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष थेवेले बताउनुुभएको छ ।
युवाहरुको यात्रा सहि हुनका लागि बुुझाइ र दृष्ट्रिकोण सही हुनुपर्ने, सामाजिक न्याय प्राप्तिका लागि सँधै युवाहरु लाग्न युवाहरुलाई आग्रह गर्नुभयाे ।
राष्ट्रिय युवा संघले अब टोलटोलसम्म खेलकुदका कार्यक्रम लैजाने योजना गर्ने छ । टोलटोलमा युवा उद्यमी बन्ने छन् । टोलटोलमा प्रशिक्षण संचालन गरि युवाहरुलाई मिसन ८४ का लागि युवा परिचालन गर्ने कार्यक्रम ल्याउने अध्यक्ष थेवेले बताउनुुभयो । राष्ट्रिय युवा संघले एक वर्षमा १० हजार युवा उद्यमी बनाउने योजना सहित काम गरिरहेको बताउँदै थेवेले विषयगत आधारमा युवा विज्ञ परिषद बनाएर विज्ञताको आधारमा काम गर्ने र सरकारलाई समेत काम गर्न वातावरण बनाउने बताउनुुभयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले युवाहरु समयानुकुल परिवर्तन भएर एकतावद्ध रुपमा मिसन ८४ पुरा गर्न अघि बढ्नुपर्ने बताउनुुभयो ।
नेकपा उमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले एमाले हार्ने पार्टी अब स्वीकार्य नभएको बताउँदै युवाले ध्वंसमात्र नर्भइ निर्माण लाग्नुपर्ने बताउनुुभयो ।
राष्ट्रिय युवा संघ धादिङका अध्यक्ष सुनिल तामाङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा राष्ट्रिय युवा संघका उपाध्यक्ष अमित लामा, महाराज गुरुङ, महासचिव सुमन पुरी, नेकपा एमाले धादिङका उपाध्यक्ष अर्जुन गोर्खाली, सचिव राधिका सापकोटा युवा संघ धादिङका पूर्व अध्यक्ष दिपक खतिवडा लगायतले शुुभकामना व्यक्त गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar