विकट सेर्तुङमा स्वास्थ्य शिविर

विकट सेर्तुङमा स्वास्थ्य शिविर

  • Kandara Samachar

  • शनिबार, बैशाख २२, २०८१

  • 168
    SHARES
विकट सेर्तुङमा स्वास्थ्य शिविर

नानू कार्की/ धादिङ
रुवीभ्याली गाउँपालिका वडा नम्बर ३ सेर्तुङमा प्राविधिक सेवा सहितको बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ ।
विकट उत्तरी क्षेत्रकाे सेर्तुङमा धादिङ अस्पतालको आयोजना र रुवीभ्याली गाउँपालिकाको व्यवस्थापनमा आयोजना गरिएको हाे ।
शिविरमा ३ सय जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ति मध्ये १ सय ७ जनाको भिडियो एक्सरे, १ सय जनाको इंसिजि, ३१ जनाको दन्त रोग र अन्य बाँकीलाई सामान्य स्वास्थ्य परिक्षण गरिएको शिविर संचालन गर्न पुग्नुभएका डा दिनेश रेग्मीले बताउनुभयाे ।
स्वास्थ्य परिक्षण गरिएकाहरुलाई रोगको प्रकृति हेरी आवश्यक औषधि समेत वितरण गरिएको छ ।
बृहत निःशुल्क स्वास्थ्य शिविर वागमती प्रदेश सरकारको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम अन्तरगत सञ्चालन गरिएको हो । शिविरको शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नमराज अधिकारी, रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिहं तामाङ, जिल्ला समन्वय समितिका सदस्य रामप्रसाद रिजाल, जिल्ला अस्पताल धादिङका सञ्चालक समितिका अध्यक्ष राजाराम रिजाल, सदस्य प्रकाश श्रेष्ठ, धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा गगन अधिकारी लगायतको आतिथ्य रहेको थियो ।
विकट गाउमा जनताकाे स्वास्थ्य सेवामा पहुच पुर्याउन र स्थानिय मागकाे अाधारमा निशुल्क शिविरमा अाैषधी वितरण समेत गरिएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar