
✍️ युवराज पाठक
मुठी प्राणकाे भर हुदैन
विना पीडा नयन रुदैन
हुरी बतास भयकाे डर
अजम्बरी यहाँ काे नै छर ।
जस्काे छ यहाँ खराब मन
उस्काे भित्री मनै कालाे धन
देखावटी साधु सन्त जस्ताे
छुरी बिना रवाफ छ कस्ताे ।
चैतन्य अब आउला त फेरी
अचम्म लाग्छ दुनियाँ हेरी
अशुध्द श्वास कसरी फेर्ने
भिड देखिन्छ नटक हेर्ने ।
परिकल्पना गर्नै गार्हो छ
ताइ न तुइ धम्की साह्राे छ
उस्तै समान हुन्छ चाहाना
विचार गर् काे ठुला न साना ।