छ जिन्दगी : गजल

छ जिन्दगी : गजल

  • Kandara Samachar

  • आइतवार, भदौ २३, २०८१

  • 108
    SHARES
छ जिन्दगी  : गजल

बहर : हजज मुसम्मन सालिम मकबुज
वजन: 1212–1212–1212–1212
अर्कान: ( मफाइलुन् मफाइलुन् ) ×२
काफिया: आन
तहलिली रदिफ: झैँ
स्वतन्त्र रदिफ: छ जिन्दगी
गजल

✍️ शर्मिला तिमल्सिना
सदैव कृष्ण पक्षको बिहानझैँ छ जिन्दगी
नसाेच चैत मासको तुफानझैँ छ जिन्दगी

निराश छैन जिन्दगी सुमार्गमा हिँडौँ सधैँ
जताततै हराभरा बगानझैँ छ जिन्दगी

विभेद हुन्छ जातको जताततै समाजमा
पवित्र ध्येय राख है समानझैँ छ जिन्दगी

छ स्वार्थ राजनीतिले सदैव दिन्छ यातना
नबुझ्नू देश हाँकिने विधानझैँ छ जिन्दगी

सकिन्न थेग्न मन्दीले घटेन मूल्य वस्तुको
महङ्गीले यहाँ हुँदै मसानझैँ छ जिन्दगी
शर्मिला तिमल्सिना
[स्वर्ण पाठशाला]


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar