- नानु कार्की/ धार्के
धादिङकाे धुनिबेँशी नगरपालिका वडा नम्बर ६ चालिसेस्थित पृथ्वी राजमार्गमा सोमबार साँझ करिब ४ बजे भएको सात ओटा सवारी साधन ठाेक्किएर दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।
काठमाडौंबाट गजुरीतर्फ तथा विपरीत दिशाबाट गुडिरहेका सवारी साधनहरू एकआपसमा ठोक्किँदा दुर्घटना भएकाे हो।
काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस, सोही दिशातर्फ गइरहेका NL 01 AB 4654 नम्बरको डिब्बा गाडी, ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल र GJ 03 AK 3231 नम्बरको बस तथा विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ८५५१ नम्बरको बस र बा १ प ९१७ नम्बरको पर्यटक बस एकआपसमा ठोक्किएका हुन्।
भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य गाडीलाई ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताउनुभयाे ।
दुर्घटनामा दुई वटा बसमा सवार धेरैजसाे यात्रु घाइते भएका छन् । २८ जना घाइतेहरूलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाण्डाैतर्फ पठाइएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी निरीक्षक नन्दराज जैसीको कमाण्डमा खटिएको प्रहरी तथा ट्राफिक टोलीले घाइतेहरूलाई तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य संस्थाहरू र काठमाडौँतर्फ उपचारका लागि पठाएको जनाइएको छ।
दुर्घटनाका कारण पृथ्वी लोकमार्गको उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध बनेकोमा बेलुकि ७:३० बजे दुर्घटनाग्रस्त सवारी हटाएपछि राजमार्ग सुचारु भएकाे छ ।
घाइतेहरूको विवरण
१) बा १ प ९१७ नं. बस (गोरखा → काठमाडौं) का घाइते
- बिनोद पोकरेल, ५१, पालुङटार–४, गोरखा – निधारमा चोट, मध्यम (काठमाडौँ पठाइयो) – ९८४०१५७०७१
- मिना पनेरु, ३३, पालुङटार–३ – निधार, दायाँ हात र खुट्टा, मध्यम (काठमाडौँ)
- इन्द्र कुमारी देवकोटा, ६९, पालुङटार–१ – निधारमा चोट, मध्यम (काठमाडौँ)
- सिता गजुरेल, ६५ वर्ष, पुरानो गुजेश्वरी, काठमाडौं – निधारमा चोट, मध्यम – ९८४१४२७८६५
- अजय घिमिरे, ४० वर्ष, राईनिस–१, लम्जुङ – च्यापुमा चोट, सामान्य (सायबाबा अस्पताल → काठमाडौँ)
- सुर्य घिमिरे, ४० वर्ष– आँखा माथि सामान्य चोट (डिस्चार्ज)
- कुशल घिमिरे, १५ वर्ष– आँखा मुनि सामान्य चोट (डिस्चार्ज)
२) बा.प्र.०६–००१ ग ००११ स्कुल बस (काठमाडौं → चितवन) का घाइते
- उदय बहादुर थापा, ४२ वर्ष, कालिका–६, चितवन – दायाँ खुट्टामा चोट, सामान्य – ९८४९०९९९८२
- सुवित थिङ, १६ वर्ष– सामान्य (डिस्चार्ज)
- कबिता सिँङ, १५ वर्ष– टाउकोमा १० टाँका, खुट्टामा सामान्य चोट (उपचार हुँदै)
- यमवि श्रेष्ठ, १६ वर्ष – निधारमा १० टाँका
- रमित परियार, १५ वर्ष – दाहिने आँखामाथि १४ टाँका
- समिर मगर, १६ वर्ष– टाउको तथा ढाडमा सामान्य चोट
- इस्माईल थिङ, १५ वर्ष– आँखातर्फ र दायाँ हातमा चोट
- कमला लामिछाने, ३२ वर्ष – दायाँ खुट्टामा सामान्य चोट
- सचिन गुरुङ, १३ वर्ष – छातिमा भित्री चोट
- शिव लामिछाने, २३ वर्ष– दुवै खुट्टामा भित्री चोट
- आस्विन प्रजा, १६ वर्ष – टाउकोमा चोट, मध्यम (ट्रमा सेन्टर)
- राधिका चेपाङ, १६ वर्व– खुट्टामा चोट
- मिलन तामाङ, १६ वर्ष– सामान्य (डिस्चार्ज) – ९७६१११०४००
- कशिस तामाङ, ७ वर्ष– घाटिमा चोट
- सन्तोष प्रजा, १८ वर्ष – बाँया हात र टाउकोमा चोट
- बिराज तामाङ, १५ वर्ष– घाटिमा सामान्य चोट
- जयराम अर्याल, १२ वर्ष– टाउकोमा सामान्य चोट
- निशान गुरुङ, १७ वर्ष – टाउको तथा अनुहारमा चोट
- समिर परियार, १६ वर्ष– नाकमा चोट
- जसमिन श्रेष्ठ, १६ वर्ष – बाँया कोखामा चोट
- कमल गुरा, २० वर्ष– टाउको सुन्निएको
- रविना सुनार, १६ वर्ष – बाँया हातमा चोट
- प्रतिमा मगर, १८वर्ष, ईच्छाकामना–७ – दायाँ खुट्टा दुखाइ
- आयुब बी.के., १४ वर्ष– दुवै हातमा चोट
- बिमला तामाङ, १५वर्ष – दायाँ खुट्टा र बाँया हातमा चोट
३) अन्य सवारीका घाइते
- सेख खलि, ५९ वर्ष, थाक्रे–६, धादिङ – मोटरसाइकल चालक, शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर (टिचिङ अस्पताल)
- डिब्बा गाडी NL01AB4654 चालक, करिब ३०–३५ वर्ष – खुट्टा र घाँटीमा गम्भीर चोट (ट्रमा सेन्टर)
- राजु कार्की, ४४ वर्ष , पालुङटार–३, गोरखा – ग १ ख ८५५१ बस चालक, हातमा सामान्य चोट (डिस्चार्ज