
धादिङ ।
श्रीनम्बर ६ बाहिनी अड्डा बैरेनी संचालत नौ महिने सि.सं ३ महिला सैन्य आधार तालिमको अन्तिम कवाज प्रदर्शन बाहिनी अड्डाको तेलटारमा सोमबार गरिएको छ ।
श्रीनम्बर ६ बाहिनी अड्डाका प्रमुख तथा सहायक रथी सुवासजंग थापाले श्रीनम्बर ६ बाहिनी अड्डामा संचालित महिला सैन्य आधार तालिम अन्तिम दलेल कावाजको निरिक्षण गर्दे पुरस्कृत तालिमेहरुलाई पुरस्कार वितरण गर्नुभयो ।
महिला सैन्य आधार तालिममा सर्वाेत्कृष्ठ हुनुुएका रोल्पा जिल्ला निवासी बासना घर्तीलाई बिरताको चिनो खुकुरी प्रदान गरिएको थियो । तालिममा उहाँ सैद्धान्तिक र व्यवहारिक दुुबै विधामा सर्वोत्कृष्ठ हुुनुुभएकोले विषेश समारोहमा सहायक रथी थापाले पुुरस्कार स्वरुप खुुकुुरी प्रदान गर्दै उच्च प्रशंसा गर्नुभएको थियो ।
यसैगरि सैद्धान्तिक तर्फ खोटाङकी प्रतिमा कटुवाल, अनुशाशित, मिलनसार र सहयोगि मोरङकी विपना श्रेष्ठ, ड्रिलमा प्रथम हुने संखुवासभाकी अनिलकुमारी राई, ५ किलोमिछर दौडमा प्रथम हुने पाँचथरकी रिता श्रेष्ठ, १२ किलोमिटर दौडमा प्रथम हुने डडेलधुराकी करुणाकुमारी ऐडी, नेभिगेशन विधातर्फ प्रथम हुने रोल्पाकि सुनिता धर्तीमगर, फायरिङमा प्रथम हुने डडेलधुराकी लिला भाट, बाधापार विधामा प्रथम हुने बर्दियाकी मिनाकुमारी जैसी ढकाललाई सहायक रथी थापिाले पुरस्कार वितरण गर्नुभयो ।
तालिममा १ सय ७ जना महिला प्रशिक्षर्थी सभागि भएका थिए । प्रशिक्षण पुरा गरेपछि सैनिक प्राप्त गरेका थिए ।
समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी मोनप्रसाद न्यौपाने, गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी, सैनिक उच्च पदस्थ अधिकृत तथा पदिकहरु, वडा अध्यक्ष, सैनिक आधार तालिममा सहभागिका परिवारजनको सहभागिता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सहायक रथी सुवास जंग थापाले राष्ट्रप्रति ठूलो योगदान दिनुुएकोमा परिवारजनलाई धन्यवाद दिनुुयो ।
तपाइँको जिवनमा नयाँ अध्याय सुरु भएको छ । यो बर्दी केवल कपडा मात्र होइन यो इतिहास र्गाैरब र जिम्मेवारीको प्रतिक हो । आजबाट राष्ट्र, जनता र संस्थाप्रति समर्पित एक कर्मठ, बफादार, इमान्दार, अनुशासित एवं नेपाली सेनाको मूल्य मान्यता र परम्परालाई पालना गर्ने तथा जस्तोसुकै विषम परिस्थीतिमा समेत वितलित नहुने नेपाली सेनाको सदस्य सिपाही दर्जामा नियुक्त हुुनुुभएको उल्लेख गर्नुभयो ।
सम्बोधन गर्दै थापाले सिपाहीको काँधमा जनता, राष्ट्र, र नेपाली सेनाप्रति महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेको बताउँदै भन्नुुभयो, “बताउँद राष्ट्रको मेरुदण्ड सेना हो, सेनाको मेरुदण्ड तालिमप्राप्त अनुसासित तथा कर्तव्यनिष्ठ सिपाही हो ।”
सिपाही बलियो भने सेना बलियो हुन्छ, सेना बलियो भएमात्र देश बलियो हुने भएकोले व्यवसायिक क्षमता बढाउन यसकिसिमका तालिम दिइएको स्मरण गराउनुुयो ।
निकट भविश्य हुन गइरहेको निर्वाचनमा समेत सैन्य आधार तालिम लिएकाहरु खटिनपर्ने सभवानातर्फ लक्षित गर्दै भविश्यमा आइपर्ने चुनौतिको सामना गर्न तयार रहन आग्रह गर्दै सिपाहीहरुलाई नेपाली सेनामा चुनौती र अबसर दुबै रहेको बताउनुुयो ।