
धादिङ ।
बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवानखोलामा सुख्खा पहिरोजाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ ।मुगलिन मलेखु खण्ड अन्तरगत जवाङ खाेलामा सडक निर्माणकाे क्रममा कमजाेर भएकाे स्थानमा सडकमाथिबाट पहिराे खसेर अवरुद्घ भएकाे हाे ।
प्ररहरीीका अनुसार पहिरो झर्ने क्रम निरन्तर रहेकाले हाललाई पहिराे पन्छाउने काम गर्न सकिने अवस्था छैन ।
इलाका प्रहरी कार्यालय गजुरीले सम्पूर्ण यात्रु र आम समुदायलाई आफूलाई पायक पर्ने ठाउँमा सुरक्षित भएर लेन अनुशासन कायम गरी बसिदिनु हुन र बैकल्पिक बाटो प्रयोग गरिदिनुहुन अनुराेध गरेकाे छ ।
सडक पुरै पहिराेले पुरेकाेलेले पहिराे राेकिएपछि सडक सफा गरिने जनाईएकाे छ ।