पाेलमा करेन्ट लागेर विद्युत कर्मचारीकाे मृत्यु

पाेलमा करेन्ट लागेर विद्युत कर्मचारीकाे मृत्यु

  • Kandara Samachar

  • शनिबार, जेष्ठ ३२, २०८२

  • 175
    SHARES
पाेलमा करेन्ट लागेर विद्युत कर्मचारीकाे मृत्यु

धादिङ

धादिङको नीलकण्ठ नगरपालिका–१४, धुवाकोटमा करेन्ट लागेर विद्युत प्राधिकरण धादिङका एक कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–२ का ४२ वर्षीय भेषराज बोहरा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो।

पोलबाट घरमा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका बोहराको उपचारको लागि धादिङ अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar