अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया विजयी 

अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया विजयी 

  • Kandara Samachar

  • शुक्रबार, जेष्ठ ३१, २०८२

  • 104
    SHARES
अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया विजयी 

काठमाडौं

अनेरास्ववियुको २४ औं महाधिवेशनबाट अध्यक्षमा डा.सुजन कडरिया विजयी हुनुभएको छ ।

प्रतिष्पर्धी प्रकाश पौडेललाई ७ मतको अन्तरले हराँउदै कडरिया विजयी हुनुभएको हो ।

 कडरियाले ७३२ मत ल्याउदा पौडेलले ७२५ मत प्राप्त गर्नुभएको छ । निर्वाचन समितिले गएराती घोषणा गरेको मत परिणाम अनुसार  उपाध्यक्षमा विकाश श्रेष्ठले ७०८ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिष्पर्धी राजकुमार ढकालले ४२९ मत प्राप्त गर्नुभएको छ । महिला उपाध्यक्षमा अञ्जना शिवाकोटीले ७७५ मत ल्याएर विजयी हुँदा आरती भट्टराईले ३२१ मत प्राप्त गर्नुभएको छ । महासचिविमा ७८५ मत ल्याएर दिपक धामी विजयी हुनु भएको छ । उहाँका प्रतिष्पर्धी आर.के.रोमसले ५५४ मत प्राप्त गर्नुभएको छ । उपमहासचिवमा कमल जोशीले ८१६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी प्रेमिका शाहीले ४७४ मत प्राप्त गर्नुभएको छ । तीनजना सचिवमा आकाश घर्ती मगर ३६०,ई.रचना सापकोटा ३०४ र समिम बाबु खानले २७३ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।

यसैगरि लेखा आयोग अध्यक्षमा अन्जली लम्साल (अम्बिका), अनुशासन आयोग अध्यक्षमा सुमन घिमिरे,  नीति,योजना तथा अनुसन्धान आयोग अध्यक्षमा प्रकाश विष्ट, निर्वाचन आयोग अध्यक्षमा जित प्रसाद सिटौला विजयी हुनुभएकाे छ ।

जेठ २५ गते देखि किर्तीपुरको अडिरोयिम हलमा सुरु भएको महाधिवेशनमा सर्वसम्मत गर्ने प्रयास असफल भएपछि हिजो निर्वाचन भएको थियो । अनेरास्ववियुमा पहिलो पटक ३२ वर्षे उमेर हद लगाएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar