धादिङका मजकाेटी वाईसीएल केन्द्रीय सदस्यमा निर्वाचित

धादिङका मजकाेटी वाईसीएल केन्द्रीय सदस्यमा निर्वाचित

  • Kandara Samachar

  • सोमवार, जेष्ठ २७, २०८२

  • 404
    SHARES
धादिङका मजकाेटी वाईसीएल केन्द्रीय सदस्यमा निर्वाचित

धादिङ, ।

नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन  वाईसीएल को केन्द्रीय सदस्यमा धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर १२ का नवराज मजकोटि खुल्ला तर्फबाट निर्विरोध निर्वाचित भएका छन् ।

वाइसीएल नेपालको स्थापना कालदेखिनै आबद्ध भइ विभिन्न आन्दोलनमा होमिएका मजकोटिलाई केन्द्रीय कमिटीमा बागमती प्रदेश कमिटीले सिफारिस गरेको थियो । भने धादिङबाट सन्तोष अधिकारी (केन्द्रीय सदस्य, खुल्ला भूगोल) सुदिप अधिकारी ( केन्द्रीय आयोग सदस्य) बनेका छन् ।

साथै,वाईसीएल नेपालको अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही निर्विरोध चयन भएका हुन् । त्यस्तै, २२ जना उपाध्यक्ष बनेका छन् । उनीहरू सबै निर्विरोध निर्वाचित भएका हुन् । १९ जना उपमहासचिव बनेका छन् । त्यस्तै ३१ जना सचिव बनेका छन् भने एक जना कोषाध्यक्ष बनेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar