नेपाली माेडेलकाे माक्सवाद : समृद्ध नेपाल, सुखी नेपाली – एमाले उपाध्यक्ष इश्वर पाेखरेल

नेपाली माेडेलकाे माक्सवाद : समृद्ध नेपाल, सुखी नेपाली – एमाले उपाध्यक्ष इश्वर पाेखरेल

  • Kandara Samachar

  • शनिबार, जेष्ठ १८, २०८२

  • 216
    SHARES
नेपाली माेडेलकाे माक्सवाद : समृद्ध नेपाल, सुखी नेपाली – एमाले उपाध्यक्ष इश्वर पाेखरेल

काठमाडौं,  ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालीको लक्ष बोकेर हिँडेको पार्टी भएको बताउदै याे नेपाली माेडेलकाे मार्क्सवाद भएकाे बताउनु भयाे  ।
नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले एमाले देशमा समाजवाद स्थापनको स्पष्ट लक्षका साथ अघि बढेको बताउनुभयो । त्यसैले एमालेले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सोरेको पोखरेलले स्पष्ट पार्नुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली भनेको नेपाली मोडलको समाजवाद हो, नेपाली मोडलको समाजवाद निर्माणको लागि बौद्धिक समुदायबाट कस्तो भूमिका खेलिनु पर्छ, नीति निर्माणमा, योजना निर्माणमा, कार्यक्रम निर्माणमा, आचरण निर्माणमा कस्तो काम गर्नुपर्छ भन्ने विषयमा खोज केन्द्रित भएर काम गर्नुपर्ने छ’, उहाँले भन्नुभयो ।
उहाँले बौद्धिक समुदायले नीति, कार्यक्रम, योजना र आचरण निर्माणमा भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो । एमालेलेलाई अघि बढाउनको लागि प्रभावकारी भूमिका खेलिदिन उहाँले बुद्धिजीवीलाई आग्रह गर्नुभयो ।
उहाँले नेकपा एमाले लोकतान्त्रिक पार्टी भएकोले पार्टी भित्र र बाहिर लोकतान्त्रिक अभ्यास हुने पनि प्रष्ट पार्नुभयो । तथापि एकता र आपसी सद्भावको लागि पार्टी नेतृत्वले भरसक सर्वसम्मतीबाटै नेतृत्व चयन होस् भन्ने अपेक्षा राख्ने उहाँले बताउनुभयो । चुनाव हुँदैन, सर्वसम्मत भनेर माथिबाट थोपारिन्छ भन्ने जस्ता कटाक्ष नगर्न उहाँले आग्रह गर्नुभयो । ‘सर्वसम्मतिले नेतृत्व चयन गर्नु सबैभन्दा लोकतान्त्रिक विधि हो’, उहाँले भन्नुभयो ।
पार्टीको नेतृत्वले जनसंगठनको निर्वाचनमा खेलाडीको भूमिका नखेल्ने उहाँले स्पष्ट पार्नुभयो । नेतृत्वले रेफ्रिको भूमिका भने खेल्ने उहाँले बताउनुभयो । नेतृत्व चयनको कुरा सहभागीको बिजनेस भएको बताउँदै उहाँले पार्टी नेतृत्वले सहजीकरणको काम गर्ने जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar