कूनै घटना र दिन

कूनै घटना र दिन

  • Kandara Samachar

  • आइतवार, असार ३१, २०८१

  • 97
    SHARES
कूनै घटना र दिन

✍️ गायत्री खतिवडा
…………………….(संस्मरण)

धादिङको १६ बर्षिया किशोरीलाई बेच्न लैजाने ८ जना मध्ये ५ जनालाई कसुर ठहर गरि सजाय तोकेछ जिल्ला अदालतले । खुशी लाग्यो ।
त्यो दिन सम्झन्छु । नानी हराएको एक महिना भएको र आफन्तले छोरी हराएको तेस्रो दिनमा नै निवेदन दिएको भएपनी पुलिसले कुनै सुनुवाइ नगरेको भनेर एक जना दाजुले म संग कुरा गर्नुभयो ।
अनि मैले दाजुलाई हिड्नुस् SP साबलाई भेट्न जाउँ , यसरी बेवास्ता गर्न मिल्दैन भनेर जिल्ला प्रहरीमा गयौं । मैले एसपि साब लाई “नानी हराएको एक महिना भो आफन्तले दुई पटक ठाडो निवेदन दिनुभएको रहेछ किन खोजबिन गर्नुभएन ?” भनें ।
हाकिम साबले हाम्रो प्रहरी कर्मचारी संग ह्वाटस् एपमा कन्ट्याक भैराको छ भन्ने सुनेको छु भने ।
मैले भने ह्वाटस् एपमा बोल्ने नानी नै हो भन्ने बिश्वास गर्ने आधार के छ ? तुरुन्तै हामीलाई शंका लागेको मान्छे झिकाएर अनुसन्धान गर्नुपर्छ । ढिला भैसक्यो नानिमाथी जे पनि हुनसक्छ । त्यो ह्वट्स् एपमा बोलेको भनेको फेक हो भने । त्यसपछि बल्ल SP साबले अलि नरम भएर हुन्छ फेरि निवेदन दिनु भने ।
मैले भने ” निवेदन दुई पटक दिइएको छ र त्यहाँ शंका लागेको मान्छेको नाम उल्लेख छ । त्यही निवेदनले हुँदैन र ?
त्यसको भोलिपल्ट नै अहिले मुख्य दोषी ठहर भएको त्रिपुरासुन्दरी ३ मुलपानी कि गिता न्यौपानेलाई झिकाइयो । उनी मार्फत अनुसन्धान गर्दै जाँदा थप ७ जना समतिए । नानीलाई बलि दिन लगिएको कुरा अनुसन्धान बाट खुल्यो ।
नेपाल प्रहरीको जिल्ला देखि केन्द्रसम्म लागेर किशोरीको उद्दार भयो । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको लागि सफलताको केश बन्यो । पत्रपत्रिकामा समाचार आयो । तर मान्छे सम्पर्कमा नै छ भनेर धादिङ पुलिस निदाएको भए किशोरीको ज्यान जाने रहेछ ।
उनको उद्दार पछि कुरा खुल्यो त्यो ह्वाट्स् एपमा बोल्ने अरुनै रहेछ । उनलाई थाहा नै रहेनछ । उनलाई उद्दार गरेको दिनको भोलिपल्ट उनको बलि चढाउने दिन रहेछ । एक दिन मात्रै ढिलो भएको भए आज उनी हामी माझ हुने थिइनन् ।
अनुसन्धानको क्रममा अत्यन्तै मेहनत पुर्वक काम गर्नुहुने प्रहरी निरीक्षक रमेश थापा सरलाई सम्झन चाहें ।
उक्त घटनाको ३ जना दोषीलाई लाई २८ वर्ष ९ महिना र
२ जना दोषीलाई लाई १५ वर्ष कैद सजाय भएको छ । ३ जनाले भने सफाई पाएछन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar