कृषि क्षेत्रकाे लगानी बढाउनुपर्ने केन्द्रीय कृषि सहकारीका अध्यक्ष पाठककाे माग

कृषि क्षेत्रकाे लगानी बढाउनुपर्ने केन्द्रीय कृषि सहकारीका अध्यक्ष पाठककाे माग

  • Kandara Samachar

  • शुक्रबार, पुस २६, २०८१

  • 51
    SHARES
कृषि क्षेत्रकाे लगानी बढाउनुपर्ने केन्द्रीय कृषि सहकारीका अध्यक्ष पाठककाे माग

धादिङ । 

नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सरकारले कृषि क्षेत्रमा गरेकाे लगानी न्यून रहेकाेले लगानी बढाउन सरकारसंग माग गर्नुभएकाे छ ।

साना किसान कृषि सहकारीहरु  साना ऋणमा केन्द्रीत हुन अाग्रह गर्दै किसान र कृषिमा व्यवसायिकरणका याेजनाका साथ काम गर्न अाग्रह गर्नुभएकाे छ ।

साना किसान कृषि सहकारी संघ लिमिटेड धादिङको २४ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशनकाे उद्घाटन समाराेहमा बाेल्दै पाठकले निष्क्रिय रहेको नामका मात्र सहकारीहरुलाई खारेज गर्नुपर्ने र सक्रिय रुपमा रहेको सहकारीहरुलाई एकिकृत गर्नुपर्ने बताउनुभयो ।

 सम्पुर्ण सहकारी हरु ठुला ऋणमा नभएर साना ऋणमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

 संघका अध्यक्ष रंगनाथ थपलियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  थपलियाले बैंक तथा वित्तिय संस्थाको पहुँच नपुगेको विपन्न वर्ग एवं पिछडिएका वर्ग तथा दुर्गम क्षेत्रका आम समुदायलाई वित्तिय सेवाका साथै महिला सशक्तिकरण र नेत्तृत्व विकासमा उक्त सहकारीले उल्लेख्य भुमिका निभाएको बताउनुभयो ।

साना किसान सहकारी संस्थाहरुले कृषि उत्पादन पशुपालन, दुध तथा मासु उत्पादनमा ऋण लगानी गर्दै आईरहेको पनि बताउनुभयो ।

सहकारीले संस्थाका सदस्यहरुलाई बचत संकलन, सहकारी शिक्षा, समुह सक्रियता, नेतृत्व विकास तालिम नीति निर्माण तालिम प्रदान गर्दै आईरहेको छ । त्यसैगरि जिल्लामा स्थापना भएका अन्य कृषि सहकारी संस्थाहरुको संस्थागत क्षमता अभिवृद्धि गर्नका लागि आवश्यक सहयोग गर्ने र सदस्यहरुद्धारा उत्पादित वस्तुहरुको भण्डारण, प्रसोधन तथा बजारीकरण गर्न सहजीकरण गर्ने समेत बताउनुभयो ।  संघमा ६० कृषि सहकारी अाबद्ध भएका छन् ।

उद्घाटन समाराेहमा बागमती प्रदेश कृषि सहकारी संघका अध्यक्ष डिल्ली प्रसाद पाठक, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी लगायतले शुभकामना व्यक्त गर्दै साना किसानका लागि सरकारकाे लगानी बढाउन, कृषिमा लगानी बढाउन र बजार व्यवस्थापनमा संघले भुमिका खेल्न अाग्रह गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar