नियाेक धादिङमा अधिवक्ता कृष्णराज अधिकारी

नियाेक धादिङमा अधिवक्ता कृष्णराज अधिकारी

  • Kandara Samachar

  • बिहिबार, मंसिर ५, २०८२

  • 253
    SHARES
नियाेक धादिङमा  अधिवक्ता कृष्णराज अधिकारी
oplus_32

धाादिङ

आगामी प्रतिनिधि सभा निर्वाचनको निष्पक्ष, पारदर्शी र प्रभावकारी पर्यवेक्षणका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) धादिङको पुनर्गठन गरिएको छ।

सर्वपक्षीय छलफल, समावेशीताको सुनिश्चितता र भौगोलिक तथा सामाजिक विविधताको आधारमा १३ सदस्यीय समिति गठन गरिएको हाे।

पुनर्गठित समितिको संयोजकमा अधिवक्ता कृष्णराज अधिकारी चयन हुनुभएकाे छ ।

गैसस महासंघ धादिङकी निः अध्यक्ष अधिवक्ता तोला कुमारी पाठक सह–संयोजक, धादिङ उद्योग  वाणिज्य संघ धादिङका कार्यकारी प्रमुख रमेश अधिकारी सचिव, र तिलक सिम्खडा कोषाध्यक्षमा चयन हुनुभएकाे छ ।

समितिमा नेपाल मानव अधिकार संगठन धादिङका ईश्वर थापा मगर, नेपाल पत्रकार महासंघ धादिङका सन्तोषराज श्रेष्ठ, दलित सेवा संघ धादिङका श्यामबहादुर मगराती, बौद्धिक अपाङ्गता अभिभावक संघ धादिङका गर्भेबहादुर मिजार, गैसस महासंघकी आईती माया तामाङ, रेडियो बिहानीका नीर तामाङ, पत्रकार शुशिला विक र अशोक श्रेष्ठ सदस्यका निर्वाचित हुनुभएकाे छ ।

पुनर्गठित समितिले आगामी निर्वाचनमा पारदर्शिता, स्वतन्त्रता, निष्पक्षता र मतदाताको अधिकार सुनिश्चित गर्न सक्रिय तथा जिम्मेवार रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar