धादिङमा विज्ञटोली सहित १७ विद्यालयमा उपचारात्मक अनुगमन र सुपरिवेक्षण

धादिङमा विज्ञटोली सहित १७ विद्यालयमा उपचारात्मक अनुगमन र सुपरिवेक्षण

  • Kandara Samachar

  • शुक्रबार, असार २०, २०८२

  • 243
    SHARES
धादिङमा विज्ञटोली सहित १७ विद्यालयमा उपचारात्मक अनुगमन र सुपरिवेक्षण

धादिङ

धुनिबेसी नगरपालिका वडा नम्बर ९ मा रहेको डिल्ली सावित्रि माविका गिता सिंखडाले कक्षा १० लाई गणित विषय पढाउँदै हुनुहुन्थ्यो ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुहितको विज्ञ टोली भएको अनुुगमन तथा सुुपरिवेक्षण गर्न पुुग्यो । ४५ मिनेटको पिरियडको नमुुना कक्षा हेर्न अनुुगमन टोली बस्यो । मध्यिका विषय पढाउने पालो परेको रह्ेछ । पढाउन थाल्नुभयो ।

शिक्षकहरुले अगाडीको बोर्डमा लेख्ने, किताव हेरेर भन्ने आदी क्रियाकलाप गरेर २० मिनेट भएपछि अनुुगमन टोलीको तर्फबाट गएको विज्ञ भण्डारीले कक्षा पढाउन थाल्नुुभयो ।

कक्षाकोठामै उपलब्ध शैक्षिक सामाग्री, तत्काल उपलब्ध साधनको प्रयोग आदी गरेर शिक्षणविधिलाई विद्यार्थीले बुुझ्नेगरि अध्यापन गराउनुनै कुशल शिक्षकको गुण भएकोले विज्ञ टोलीले पढाएको शिक्षकले समेत हेर्नुभयो ।

सहशिक्षण गर्दै गणितका विज्ञ नवराज पाठक

शिक्षक र विज्ञ टोलीले आधाआधा पाठ पढाएपछि विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यउपलब्ध भएसम्म वडा अध्यक्ष, प्रधानाध्यापक सहितको शिक्षकहरु बसेर अन्तरक्रिया कार्यक्रम गरियो । शिक्षकले आफूले पढाएको र विज्ञले पढाएको विधि, शैली, भाषा आदी हेरेका शिक्षकले आफूले गरेका गल्ती सुधार गर्ने र शैक्षिक सामाग्री प्रयोग गर्ने, पाठ योजना बनाएर पढाउने, शैली र प्रस्तुती सुधार गर्ने प्रतिवद्धता गर्नुुभयो ।

विज्ञटोलीको पृष्ठपोषण, शिक्षकको पठन शैली, विद्यार्थीको सिकाइ प्रकृया, परिवर्तित शिक्षाको सहजीकरण प्रकृयाबारे स्पष्ट पारिएको अनुुगमन तथा सुपरिवेक्षणमा सहभागि गणित विषयका विज्ञ नवराज पाठकले बताउनुुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ धादिङले विद्यालय सुपरिवेक्षण तथा शिक्षकको पेशागत सहयोगलाई प्रभावकारी बनाउन अनुुगमन योजना निर्माण गरेर विद्यालयहरुको अनुुगमन गरेको छ ।

जिल्लाका १७ विद्यालयको अनुुगमन गर्दा वरिष्ठ प्रशिक्षकहरु, विज्ञटोली, स्थानीय शिक्षा अधिकृत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, वडा अध्यक्ष, समेतको सहभागितामा सम्पन्न गरिएको थियो ।

शिक्षकहरुको कक्षा अवलोकन, नमूना पाठ प्रदर्शन, शिक्षकको पेशागत सहयोग पुुग्ने पृष्ठपोषण, गर्ने उद्देश्य अनुसार अनुुगमन तथा सुुपरिवेक्षण गरिएको थियो ।

शिक्षक र विज्ञबाट आधाआधा पाठ अध्यायपन पछि सबै शिक्षक समेत अनुुगमन टोली सहभागि अन्तरक्रियामा पृष्ठपोषण, समग्र विषयमा शिक्षण विधि, शैक्षिक सामाग्री, शिक्षण शैलि, विषगत रुपमा शिक्षकको पेशागत विकासका बारेमा रचनात्मक पृष्ठपोषण र स्पष्ट सुुझाव दिइएको थियो ।

अनुुगमन टोलीले पहिलो चरणमा नेत्रावती डबजोङ गाउँपलिका अन्तरगत मंगलादेवी मावि, निरन्जना मावि, निमार्चोक मावि, ज्वालामूुखी गाउँपालिका अन्तरगत अन्नपूुर्ण मावि, जलेश्वरी मावि, त्रिपुरासुन्दरी मावि, सिद्धलेक गाउँपालिका अन्तरगत सिद्धेश्वर मावि, नलाङ मावि, नलाङ पात्ले मावि, बेनिघाटरोराङ गाउँपलिका अन्तरगत शंखादेबि मावि, वागेश्वरी मावि, चन्द्रोदय माविको अनुुगमन तथा सुुपरिवेक्षण गरेको थियो ।

दोश्रो चरणमा गल्छी गाउँपालिका अन्तरगत वागेश्वरी मावि, कल्लेरी मावि, धुनीबेसी नगरपालिका अन्तरगत भुवनेश्वरी मावि, डिल्ली सावित्रिी मावि, निलकण्ठ नगरपालिका अन्तरगत रघुमावि को कक्षा अवलोकन, नमूुना पाठ प्रदर्शन, तथा रचनात्मक पृष्ठपोषणसहितको अन्तरक्रिया सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख भुुमिलाल शर्मा सुवेदीले बताउनुुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुवेदीको नेतृत्वमा अंग्रेजी विषय विज्ञ रामप्रसाद अर्याल, र दिपक सिटौला, विज्ञान विषय विज्ञ जनार्दन नेपाल, जितेन्द्र महर्जन, गणित विषय विज्ञ जाइका परियोजना जिल्ला संयोजक नवराज पाठक, सुजन भण्डारी, शिक्षा अधिकृतहरु सुशिला न्याङ्जाे, बोधराज पाठक, कर्णबहादुर भुुवाजी, मेनका खतिवडा, चण्डिका मल्ल ठकुरी, अनुुगमनमा सहभागि हुनुुभएको थियो ।

कक्षा अवलोकन, शिक्षकको व्यक्तित्व, सरसफाइ, बोलीको स्पष्टता, आत्मविश्वास, विद्यार्थीप्रतिको व्यवहार, समयको पालना, लिखित पाठ योजना, विषयगत शिक्षण विधिको छनौट, शैक्षिक सामाग्री छनौट र तयारी, कक्षाकोठाको व्यवस्स्थापन, विद्यार्थीको बसाइ व्यवस्थापन, कार्यविभाजन र जिम्मेवारी, शिक्षण सिकाइ क्रियाकलाप, आदी वियायमा सङ्कम तरिकाले अनुुगमन तथा सुपरिवेक्षण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुवेदीले बताउनुुभयो । शिक्षककको पाठको प्रस्तुती, विद्यार्थीको समूह कार्य, विद्यार्थी अन्तरक्रिया, विद्यार्थीलाई उत्प्रेरणा र प्रोत्साहन, कमजोर विद्यार्थी पहिचान र उपयुक्त सिकाइ क्रियाकलाप, विद्यार्थीलाई उपचारात्मक सिकाइ मूल्यांकन  पाठ निष्कर्ष आदी विषयमा विज्ञ टोलीले सुक्ष्म अनुुगमन, पृष्ठपोषण र पेशागत दक्षतामा सघाउने शैलि विकासको सुुझाव दिइएको थियो ।

जिल्लामा यस तरिकाले गरिएको अनुुगमनको नतिजाले शिक्षक उर्जाशिल हुने र विद्यार्थी सहज सिकाइले गर्दा अब्बल बन्ने विस्वास शिक्षा विकास तथा समन्वय इकाइले लिएको छ । जिल्लामा सिकाइ उपलब्धी वृद्धि भइ शैक्षिक गुणस्तर बढ्ने विश्वास लिएर अनुुगमन गरिएको र सिकाइ आदानप्रदान हुने, शिक्षण शैलि सुधार हुने शिक्षा विकास तथा समन्वय इकाइका सूचनाअधिकारी चण्डिका मल्ल ठकुरीले बताउनुुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar