विकासका काममा पार्टी, जात,  धर्म हुँदैन, सिर्फ जनता हुन्छ ः गांगाजमुना अध्यक्ष भक्त लामा

विकासका काममा पार्टी, जात,  धर्म हुँदैन, सिर्फ जनता हुन्छ ः गांगाजमुना अध्यक्ष भक्त लामा

  • Kandara Samachar

  • शुक्रबार, जेष्ठ ३१, २०८२

  • 119
    SHARES
विकासका काममा पार्टी, जात,  धर्म हुँदैन, सिर्फ जनता हुन्छ ः गांगाजमुना अध्यक्ष भक्त लामा

धादिङ

गंगाजमुना गाउँपलिका अध्यक्ष भक्तबहादुर लामाले विकासका कुनैपनि काममा पार्टी, जात र धर्म नभइ सिर्फजनताको लागि हुने बताउनुभएको छ ।
गंगाजमुना गाउँपालिकाले आयोजना गरेको गाउँपालिकाको आर्थिक वर्ष २०८१।८२ को सार्वजनिक सुनुवाईको अबसरमा यस्तो बताउँदै विकास निर्माणको कुनैपनि कार्यक्रम जनताको लागि भएकोले जनताको पक्षमा काम गर्ने बताउनुभयो ।
स्थानीय सरकारले बजेट विनियोजन गर्दा जनसंंख्या, भूगोलको आधारमा छुटयाइएकोले सकारात्मक रुपमा काम गर्नु पर्ने बताउँदै । नकारात्मक भावना हटाइ स्थानीय स्तरमा गरिएका योजनाहरुमा जनताहरु समेत उत्तरदायी बन्नुपर्ने बताउनुभयो ।
विपदको समय सुरु हुन लागेको तर्फ लक्षित गर्दै गाउँपालिका अध्यक्ष लामाले स्थानीय सरकारको तर्फबाट विपद पूर्व तयारीका सामाग्री खरिद गर्न बजेट विनियोजन गरिएको र वडा वडाले विपद पूर्व यारी गर्न आग्रह गर्नुभयो ।
गाउँपालिका अध्यक्ष वा जनप्रतिनिधिहरुले दुईचार पैसाको मुख हेर्न नहुने र आफूले जनताका लागि काम गरेकोले लोभ नदेखाएकोमा गौरव भएको बताउँदै कसैलाई पनि “झिंगासंग बाेसाे निकाल्ने कोसिस नगर्न ” मातहतका कर्मचारी र जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंंखडाले योजनाहरु सबै किसिमका योजनाहरुको अनुगमन गर्दा काम नभएको ढाँडेको स्थानहरुको कुनैपनि हालनमा भुक्तानी नदिएको बताउँदै विकासमा ठग्नेहरुसंग सम्झौता नहुने बताउनुभयो ।
आर्थिक वर्ष २०८१।८२ मा गंगाजमुना गाउँपलिकामा २ सय २७ ओटा योजनाहरुमा काम भएकोमा १६ ओटा योजनाहरु ठेक्काबाट भएको र यसको प्रगति उल्लेखनीय रहेको प्रमुख प्रशासकिय अधिकृत सन्जयबहादुर स्याङतानले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्षहरुले विकासका काममा लागिरहेको बताएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar