संघीय सरकारले धादिङको १३ पालिकाका लागि ४ अर्ब ८२ करोड ८८ लाख बजेट विनियोजन

संघीय सरकारले धादिङको १३ पालिकाका लागि ४ अर्ब ८२ करोड ८८ लाख बजेट विनियोजन

  • Kandara Samachar

  • शनिबार, जेष्ठ १८, २०८२

  • 688
    SHARES
संघीय सरकारले धादिङको १३ पालिकाका लागि ४ अर्ब ८२ करोड ८८ लाख बजेट विनियोजन

धादिङ

संघीय सरकारले धादिङ जिल्ला लाई चार अर्व ८२ करोड रुपैयाँ पालिकाहरुलाई अनुदान उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले, संघीय अनुदान अन्तरगत धादिङका २ ओटा नगरपालिका र १३ गाउँपालिकालाई अनुदान स्वरुप विकासका योजनाहरु संचालन गनृ सो रकम उपलब्ध गराउने भएको हो ।
चाल्, खर्च, पूँजिगत खर्च र अनुदानका कार्यक्रमहरु संचालन गनृका लागि जनसंख्याको आधारमा स्थानयि सरकारलाई रकम उपलब्ध गराउँदै आएको छ ।
संघीय सरकारले नीलकण्ठ नगरपालिकालाई सबैभन्दा बढी ७० करोड ७८ लाख, उपलब्ध गराउने भइएको छ भने सबैभन्दा थोरै रुबभ्यिाली गाउँपलिकालाई १८ करोड ४८ लाख रुपैयाँ उपलब्ध गराउने अर्थमन्त्री पौडेलले पेश गरेको बजेट वक्तव्यको विष्तृत रुपमा उल्लेख गर्नुभएको छ ।
धुनीबेसी नगरपालिकालाई ३९ करोड ८२ लाख, खनियाबास गाउँपालिकालाई २२ करोड ४९ लाख, गंगाजमुना गाउँपालिकालाई ३६ करोड ९७ लाख, गजुरी गाउँपलिकालाई ३४ करोड ८ लाख, गलछी गाउँपलिकालाई ३६ करोड ३६ लाख, ज्वालाम्रखि गाउँपलिकालाई ३६ करोड १५ लाख, त्रिपुरासुन्दरी गाउँपलिकालाई ३९ करोड ४२ लाख, थाक्रे गाउँपलिकालाई ४१ करोड ९६ लाख, नेत्रावती डबजोङ गाउँपलिकालाई २४ करोड ८१ लाख, बेनिघाटरोराङ गाउँपलिकालाई ४५ करोड ९९ लाख र सिद्धलेक गाउँपलिकालाई ३५ करोड ५७ लाख गरि धादिङका लागि ४ अर्ब ८२ करोड ८८ लाख बजेट बजेट संघीय सरकारले विनियोजन गरेको बजेटमा उल्लेख गरिएको छ ।
कर्मचारी तलव, विकासका आयोजना तथा विभिन्न अअर्स अनुदानको लागि रकम उपलबध गराइएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar