धादिङ ।
धादिङको सिद्दलेक गाउँपालिका-१ बैरेनी रैजालेमा मिनिबस दुर्घटना हुँदा १६ जना भन्दा बढी घाइते भएका छन् ।
चितवन जिल्लाबाट धादिङको सिद्दलेक गाउँपालिका-२ खिर्रे पुगेर फर्किदै ना ३ ख ६२८७ नम्बरको मिनिबस सडकबाट तल खसेको हो ।
८ जनाकाे धादिङ अस्पतालमा उपचार भईरहेकाे छ ।
दुर्घटना स्थलको उद्दरमा पुग्नुभएका स्थानीय भगवान भट्टका अनुसार दुर्घटनामा १६ जना भन्दा बढी घाइते र चार जनाको अवस्था गम्भीर देखिएको छ । धादिङ अस्पतालमा घाइतेहरुलाई उपचारको लागि धादिङ अस्पताल र स्थानीय स्वास्थ्य संस्थामा पठाइएको छ ।
घाइते मध्ये गना
ओरालो र घुम्ती बाटोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हुनसक्ने प्रत्येक्षदर्सीहरुले बताएका छन् । दुर्घटनामा स्थलमा प्रहरीको टोलीले उद्दार गरिरहेको छ