नीलकण्ठ नगरपालिकाको बजेट १ अरब १९ करोड, उत्पादनमा आधारित अनुदान, एकवडा एक उत्पादनमा जाेड

नीलकण्ठ नगरपालिकाको बजेट १ अरब १९ करोड, उत्पादनमा आधारित अनुदान, एकवडा एक उत्पादनमा जाेड

  • Kandara Samachar

  • शनिबार, असार २, २०८१

  • 144
    SHARES
नीलकण्ठ नगरपालिकाको बजेट १ अरब १९ करोड, उत्पादनमा आधारित अनुदान, एकवडा एक उत्पादनमा जाेड

सीताराम अधिकारी/ प्रविन रिजाल
धादिङ ।

नीलकण्ठ नगरपालिका धादिङले शनिबार दोश्रो नगरसभाको पाँचौँ अधिवेशनले नगरपालिकाको बजेट १ अरब १९ करोड प्रस्तुत गरेको छ ।
नीलकण्ठ नगरपाकिा उपप्रमुख दिपक विश्वकर्माले नगरसभाको अधिवेशनमा कार्यपालिकाबाट आव ०८१।८२ का लागि पारित गरेको चालुतर्फ ८७ करोड ९४ लाख ८४ हजार चारसय रुपैयाँ र पूूँजिगत तर्फ ३१ करोडपाँच लाख १७ हजार रुपैइाको बजेट प्रस्तुत गर्नुभएको थियो ।
प्रदेश सरकारले बजेट प्रस्तुत गर्नु अघि नै नगरपालिकाले निति कार्यक्रम र बजेट ल्याएका कारण प्रदेश सरकारले बजेट कति पठाउँछ भन्ने एकिन नभएकोले प्रदेश सरकारको बजेट आएपछि नगरसभाको बैठक बसी पारित गर्नेगरि बजेट प्रस्तुत गरिएकोले सुरु भएको नगरसभाको अधिवेशन स्थगित गरिएको थियो ।
संघीय सरकारको समानिकरण अनुदान २१ करोड २१ लाख ४५ हजार, ससर्त अनुदान ४६ करोड ७५ लाख ६० हजार, समपुरक अनुदान १ करोड ४० लाख, राजश्व बाँडफाँड १४ करोड ९० लाख, बागमति प्रदेश सरकारको समानिकरण अनुदान २ करोड ३८ लाख ७२ हजार, ससर्त अनुदान ३ करोड ७० लाख २ हजार, समपुरक अनुदान ३ करोड, विशेष अनुदान १ करोड, राजश्व बाँडफाँड ६करोड ५९ लाख, २२ हजार ४ सय हुने अनुमान गरिएको छ । यसैगरि आन्तरिक तर्फ आन्तरिक राजश्व ५ करोड, मालपोत ३ करोड, अल्या रकम १० करोड ५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गर्दै उपप्रमुख विश्वकर्माले १ अरब १९ करोड १ हजार ४ सय को बजेट प्रस्तुत गर्नुभएको हो ।
गत आर्थिक वर्षमा नगरपालिकाले १ अरब २४ करोड ७ लाख ९३ हजार २ सय २३ रुपैयाँको बजेट विनियोजन गरेकोमा ६० दशमलब ४१ प्रतिशतमात्र बजेट खर्च गरेको बजेट समिक्षामा उल्लेख गरिएको छ । आन्तरिक आय ६करोड अनुमान गरिएकोमा ४८ दशमलब ४७ प्रतिशत, संघीय सरकारको राजश्व बाँडफाँडतर्फ १४ करोड ३ लाख ९४ हजार मध्ये ७३ दशमलब ९६ प्रतिशत, प्रदेश सरकारको राजश्व ब्ाँडप्ःाँडत्प्र्ः ६करोड ६४ लाख ९६ हजार ४ सय ७८ अनुुमान गरिएकोमा ७३ दशमलब ५ प्रतिशत र मालपोत बाँडफाँड तर्फ २ करोड अनुमान गरिएकोमा ८४ प्रतिशत मात्र नीलकण्ठ नगरपालिकाले आम्दानी गर्दा कयोँ योजना गरिएका कार्यक्रम समेत नभएको बजेट समिक्षामा उल्लेख छ ।
यसअघि नगरसभाका अध्यक्ष तथा नीलकण्ठ नगरपालिका अध्यक्ष भिमप्रसाद ढुंगानाले आर्थिक वर्ष ०८१।८२ का लागि ४१ बुुँदे निति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

उत्पादनमा आधारित अनुदान कार्यक्रम, मोबाइल भेटनरी सेवा, रासायनिक मल विस्थापन गरिप्रांगारिक मल जोड दिने, युवासंग उपमेयर कार्यक्रम, नगरपालिकाको ९० प्रतिशत पशुबिमा कार्यक्रम कार्यान्वयन, एक वडा एक उत्पादन, कक्षा १२ सम्मको पूर्ण निशुल्क शिक्षा लागुगरिने, निशुल्क शिक्षा कोष स्थापना गरिने, सुत्केरीलाई निशुल्क एम्बुलेन्स, जेष्ठ नागरिकलाई घरदैलो सेवा, एक वडा एक उत्पादन, धादिङबेसी खानेपानीका लागि भर्याङभुरुङ मुहानको संम्भाव्यता अध्यायन गरिने, घरबाट नै फोहोर वर्गिकरण गरिने, महिलाका लागि महिला जनप्रतिनिधि कार्याम, विद्युतीय नक्सापास प्रणाली लागुगर्ने जस्ता निति कार्यक्रममा समावेश छन् ।
धादिङबेसी करिडोर र तिर्खामुक्त नगर बनाउने पहिलो निर्णयबारे आगामी कार्यक्रममा कुरा नगर्ने भन्दै मेयर ढुंगानाले पहेँलो कार्ड भएका अपांगता भएकाहरुको ६० प्रतिशत स्वास्थ्य बिमाको रकम नगरपालिकाले व्यहोने, मेयर उद्यमशिलता जस्ता प्भावकारी कार्यक्रम समेत निति तथा कार्यक्रममा सबेश गरिएको छ ।
बिहान ११ बजे वोलाइएको नीलकण्ठ नगरपालिकाको नगरसभा नगरप्रमुखले एकलौटी गर्न खोजेको भन्दै उपप्रमुख र केही वडा अध्यक्षहरुले विरोध जनाएका कारण साँढे तिनघण्टापछि मात्र सुरु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar