त्रिशूली नदीले बगाएका, पहिराेमा परेकालाई बचाउन पुर्व अभ्यास्

त्रिशूली नदीले बगाएका, पहिराेमा परेकालाई बचाउन पुर्व अभ्यास्

  • Kandara Samachar

  • बुधबार, जेष्ठ ३०, २०८१

  • 129
    SHARES
त्रिशूली नदीले बगाएका, पहिराेमा परेकालाई बचाउन पुर्व अभ्यास्

रामहरि थापा/ धादिङ

त्रिशूली नदी र यसकाे तटीय क्षेत्रमा बाढी पहिराे नियमित हुने गर्छ । त्रिशूली नदीले बगाएका र पहिराेबाट प्रभावितहरुलाई उद्धार गरि नागरिकलाई बचाउन नेपाली सेनाकाे शिवदल गण गजुरीकाे अगुवाइमा पुर्व अभ्यास् गरिएको छ ।
धादिङको गजुरी गाऊँपालिका वडा नम्बर १ त्रिशूली नदी किनारमा मंगलबार विपत् पूर्वतयारी र प्रतिकार्यका लागि विपतबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले ‘अभ्यास मनसुन– ४’ आयोजना गरिएको हो।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, जनप्रतिनिधिलगायत सरोकारवालाहरूको समन्वयमा बाढ़ी – पहिरोमा परेर निम्तिएको विपत्तिमा परेकाको उद्धार अभ्यास गरिएको थियो।
विपत्तिबाट निम्तिन सक्ने थप सम्भावित विपत्ति हुनबाट जोगाउने अभ्याससमेत गरिएको थियो।
पहिरोमा पुरिएर घाइते भएकाहरूको प्राथमिक उपचार र थप उपचारका लागि सकभर चाँडै स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्ने र नआत्तिई सबैले सहकार्य गरे उद्धारलाई छिटो गरी थप विपत्ति रोक्न सकिने सन्देश अभ्यास कार्यक्रममार्फत दिइएको नेपाली सेनाको शिवदल गण गजुरीका सेनानी ऑपरेशन अधिकृत हेमप्रसाद शिवाकोटीले बताउनुभयाे ।
यसअघि शिवदल गणले नेपाली सेना,नेपाल प्रहरी, ससस्त्र प्रहरी लगायतकाे ६० जनाकाे टाेलीले अभ्यास मनसुन ४ तालिम लिएका थिए ।
नदीमा परेर बगाएका मानिसकाे उद्दार, प्राथमिक उपचार, र अस्पताल प्रेषण कार्य देखाईएकाे थियाे । यसैगरि पहिराेमा हराएका मानिसकाे खाेजी र डाेरीकाे सहायताले पहिराे तलबाट पहिराेमाथि उकाल्ने किसिमकाे उद्धार अभ्यास गरिएकाे थियाे ।
कार्यक्रममा श्री नम्बर ६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि राेज प्रताप जबरा, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, लगायतका सुरक्षा निकायका प्रमुख र अधिकृतहरुकाे उपस्थिति रहेकाे थियाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar