यु १९ अन्तर्राष्ट्रिय भलिबलमा नेपाललाई पहिलाे सफलता : सिल्भर मेडलसहित नेपाल फर्किँदै खेलाडी

यु १९ अन्तर्राष्ट्रिय भलिबलमा नेपाललाई पहिलाे सफलता : सिल्भर मेडलसहित नेपाल फर्किँदै खेलाडी

  • Kandara Samachar

  • मङ्लबार, बैशाख १८, २०८१

  • 68
    SHARES
यु १९ अन्तर्राष्ट्रिय भलिबलमा नेपाललाई पहिलाे सफलता : सिल्भर मेडलसहित नेपाल फर्किँदै खेलाडी

धादिङ ।
बंगलादेसमा सम्पन्न पहिलो यु १९ आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाली भलिबल टाेलीले दाेश्राे स्थान हासिल गरेर स्वदेश फर्किँदै छ ।

अन्तर्राष्ट्रिय स्तरकाे भलिबल प्रतियोगितामा नेपालकाे याे पहिलाे सफलता भएकाे प्रशिक्षक कुशल खड्काले बताउनुभयाे ।
सेमिफाइनलमा माल्दिभ्सलाई परिजित गरेर अघिबढेकाे नेपाली टाेलीले फाईनल प्रवेशका लागि बंगलादेश बि टाेलीलाई सोझो सेटमा (२५-१६ ,२५-२१ ,२५-२१) पराजित गर्दै फाइनल प्रवेश गरेको थियाे ।

फाईनलमा बंगलादेश ए टाेलीसंगकाे प्रतिस्पर्धात्मक खेलमा पराजित भएपछि सपल्भर मेडल लिएर नेपाली यु १९ भलिबल प्रतियोगितामा सहभागी टाेली र प्रशिक्षक नेपाल फर्किँदै छ ।
धादिङको एड्भान्स एकेडेमिबाट भलिबल प्रशिक्षण सहितकाे खेलकुद मैत्री शिक्षण सिकाई पाएका इज्जत दनै सहभागी भलिबलमा दनैकाे उत्कृष्ट प्रदर्शन गरेका कारण सफलता हात परेकाे प्रशिक्षकहरुले बताएका छन् ।
एउटा साधारण परिवारका दनै पारिवारिक रुपमा संघर्षपुर्ण रुपमा अामा गिता खनालले पढाएर खेलाडी बनाउनुभएकाे थियाे । खेलकुदमा एड्भान्स् एकेडेमीमा खेलायर खेलाडी उत्पादन भएपछि देशकाे नाम राख्न सफल भएकाे भन्दै एड्भान्स् एकेडेमीले विद्यालयकाे कार्यक्रममा सम्मान गरेकाे थियाे । खेलकुदका लागि सुरुकाे प्रशिक्षण अर्जुन श्रेष्ठ गाेर्खालीले गरेका थिए ।
नेपाली टाेलीमा खेलाडी तर्फ इज्जत दनै, सुरेश मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहरा, शशि पुलामी मगर र भुवन तामाङ रहेका छन् । सबै खेलाडीकाे टिमवर्कका कारण भलिबलमा याे सफलता अाएकाे खेलाडीहरुकाे भनाई छ ।
त्यसैगरि टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका छन् । खेलाडीहरूलाई सरकारी निकायबाट आर्थिक व्यवस्थापन नभएको बताईएको र भक्तपुर लगायतका स्थानबाट खेलाडी र खेलप्रेमीले सहयाेग उपलब्ध गराएकाे प्रशिक्षक खड्काले जानकारी दिँदै खेलडीहरुले लामाे तयारी नभए पनि उत्कृष्ट प्रदर्शन गरेकाे बताउनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar