सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले बुझायाे ज्ञापनपत्र

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले बुझायाे ज्ञापनपत्र

  • Kandara Samachar

  • सोमवार, साउन २९, २०८०

  • 222
    SHARES
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले बुझायाे ज्ञापनपत्र

धादिङ/
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले साेमबार शिक्षा विकास समन्वय ईकाइ धादिङ मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
मन्त्रिपरिषदमा विचाराधिन रहेको विद्यालय शिक्षा सम्बन्धी कानून संसोधन र एकिकरण गर्न बनेको विधेयक सरोकारवालाहरुसँग छलफल र परामर्श नगरि ल्याएको भन्दै ड्रनफ्ट गरिएकाे ऐन त्रुटिपूर्ण रहेको निष्कर्ष सहित शिक्षा विकास समन्वय ईकाइमा ज्ञापन पत्र बुझाएको हो ।
महासंघले धादिङका शिक्षा विकास समन्वय ईकाइका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठलाई सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बागमती प्रदेशका महासचिव श्याम मगरातीको नेतृत्वमा ज्ञापन पत्र बुझाईएको थियाे ।
समुदायको अगुवाईमा संचालन हुने विद्यालय सामुदायिक भएकोले संघीय ऐनमा सामुदायिक विद्यालय लेखिनु पर्ने, विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा अभिभावक हुनु पर्ने, अभिभावक भेलाबाट व्यवस्थापन समितिको चयन गरिनु पर्ने, विद्यालय व्यवस्थापन समितिको कार्यकाल पाँच वर्ष कायम गर्नु पर्ने, खुल्ला प्रतिष्पर्धाबाट प्रधानाध्यापक छनौट गर्दा व्यवस्थापन समितिको निर्णायक भूमिका रहनु पर्ने, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको भूमिकालाई संघीय शिक्षा ऐनमा उल्लेख गर्नु पर्ने लगाएतको माग महासंघको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar