खेलकुद महासंघद्वारा गल्छीबजार सरसफाइ

खेलकुद महासंघद्वारा गल्छीबजार सरसफाइ

  • Kandara Samachar

  • आइतवार, असार १०, २०८०

  • 402
    SHARES
खेलकुद महासंघद्वारा गल्छीबजार सरसफाइ

-नानू कार्की
गल्छी ।
७२ औं मदन भण्डारी जन्म जयन्तीको अवसर पारेर नेपाल खेलकुद महासंघ जिल्ला कमिटी धादिङले गल्छी बजार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
देशभर नै अहिले लामखुट्टेबाट सर्ने डेङ्गुले आक्रमण गरिरहेको हुँदा आफ्नो वरपर सफा राख्नुपर्छ भन्ने सन्देश दिने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रिय कमिटी उपाध्यक्ष निरेशलाल महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै मदन जयन्तीको अवसर पारेर खेलकुद महासंघले देशभर नै सन्देशमुलक कार्यक्रमहरूको आयोजना गरी भण्डारीको स्मरण गरिरहेको बताउनु भयो ।
सरसफाई कार्यक्रममा खेलकुद महासंघ केन्द्रिय कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज सगुन थापा मगर, खेलकुद महासंघको बागमती प्रदेश कमिटी सदस्य विवेक गिरी, जिल्ला कमिटी सदस्यहरु विज्ञान इटानी, शिव गिरी, प्रकाश श्रेष्ठ, खेलकुद महासंघ गल्छी गाउँपालिका इन्चार्ज निरज ढुंगाना, छाङगेश्वरी महिला समुहकी अध्यक्ष गीता खरेल, गल्छी गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामबाबु खड्का, महिला समुहकी प्रतिनिधि देवकी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
छाङगेश्वरी महिला समुहको सहयोगमा आयोजना भएको कार्यक्रम नेपाल खेलकुद महासंघ जिल्ला कमिटीका अध्यक्ष मदन खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar