जिल्ला स्तरीय ब्याडमिन्टनमा सुमन र लाेकबहादुर प्रथम

जिल्ला स्तरीय ब्याडमिन्टनमा सुमन र लाेकबहादुर प्रथम

  • Kandara Samachar

  • आइतवार, भदौ २२, २०८२

  • 166
    SHARES
जिल्ला स्तरीय ब्याडमिन्टनमा सुमन र लाेकबहादुर प्रथम

धाादिङ

२२औं निजामती सेवा दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र धादिङले आयोजना गरेको जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय धादिङका सुमन महत्तो र लोकबहादुर मगरको जोडी प्रथम भएकाे छ ।

प्रवल तामाङ र विजय तामाङको जोडीलाई पछि पार्दै प्रतियोगितामा प्कोरथम भएकाे हाे

त्यस्तै, खनियाबास गाउँपालिकाका कर्मचारी प्रवल तामाङ र विजय तामाङको जोडी द्धितिय र जिल्ला प्रहरी कार्यालय धादिङका गणेश लामा र प्रेम थापाको जोडी तृतिय भएका छन् । प्रतियोगितामा ३० वटा समूहहरुको सहभागिता रहको थियो ।

राष्ट्रसेवक कर्मचारीहरुलाई खेलकुद क्षेत्रका उत्प्रेरण जगाउन प्रतियोगिताको आयोजना गरिएको कर्मचारी मिलन केन्द्र धादिङको अध्यक्ष विष्णु प्रसाद आचार्यले बताउनुभयाे ।

निजामती सेवा दिवस राष्ट्रसेवक कर्मचारीका लागि उत्सव रहेकोले भेटघाट, चिनजानसँगै एक आपसमा आत्मियता बढाएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले बताउनुभयाे ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल मर्मका साथ आयोजना गरिएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई निजामती सेवा दिवसको अवसरमा आयोजित एका कार्यक्रमका विच पुरस्कृत गरिने कार्यक्रम संयोजक छत्रबहादुर लुङ्गेली मगरले जानकारी दिनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar