
काठमाडौं ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तर्गत कबड्डीमा बागमतीले दोहोरो उपाधि जितेको छ ।
बागमती छात्र/छात्रा दुवैमा च्याम्पियन बन्यो । छात्र र छात्राको दुबै टिममा धादिङका ३/३ जना सहभागि छन् ।
१५ औं केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्डमा धादिङबाट छात्र जीवन श्रेष्ठ, रविन श्रेष्ठ, अर्जुन तामाङ र छात्रातर्फ धना राहडी मगर, रेजिना तामाङ, काेपिला तामाङ सहभागी भएका थिए । राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगितामा उत्कृष्ठ भएका थिए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्र फाइनलमा बागमतीले लुम्बिनीलाई ४४–३० ले पराजित गर्यो । कोशी र मधेश तेस्रो भए ।
छात्राको उपाधि भिडन्तमा पनि बागमतीले लुम्बिनीलाई २९–२५ ले हरायो । कर्णाली र सुदूरपश्चिम तेस्रो स्थानमा रहे ।
राष्ट्रपति रनिङ सिल्डकाे उपाधी बागमति प्रदेशलाई
बागमती प्रदेशले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्यसाथ ७ प्रदेश समग्रमा टिम च्याम्पियन बन्यो ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा सीमित भयो । सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य हात पार्यो । ११, १२ र १३ औं संस्करणको उपाधि विजेता लुम्बिनी प्रदेशले तेस्रो स्थानमा रह्यो । लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य जित्यो ।
गण्डकी प्रदेश ४ स्वर्ण, ११ रजत र १७ कांस्य साथ चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्यसाथ पााचौं तथा मधेश प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यसाथ छैटौं स्थानमा रहे । सातौं स्थानमा रहेको स्वर्णविहीन कोशी प्रदेशले ७ रजत र ८ कांस्य जित्यो ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो ।
तीनदिने प्रतियोगितामा ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा एथलेटिक्समा ९ जुनियर राष्ट्रिय कीर्तिमान बने । प्रत्येक कीर्तिमानका लागि १० हजार पुरस्कार प्रदान गरिएको थियो । समावेश ६ वटै खेलको हरेक पदकका कुल १२ लाख नगद पुरस्कार वितरण गरिएको थियो