धादिङका दुई महिला क्रिकेटर सम्मानित

धादिङका दुई महिला क्रिकेटर सम्मानित

  • Kandara Samachar

  • शनिबार, जेष्ठ १८, २०८२

  • 225
    SHARES
धादिङका दुई महिला क्रिकेटर सम्मानित

धादिङ

धादिङ जिल्ला क्रिकेट संघले धादिङले धादिङ जिल्लाका दुई जना महिला क्रिकेट खेलाडीलाई राष्ट्रिय स्तरकाे प्रतियाेगिता र बागमति प्रदेश स्तरकाे प्रतियाेगितामा सहभिता जनाएकाेले सम्मानित गरेकाे छ ।

प्रथम जिल्ला स्तरीय अन्तरपालिका १९ वर्ष मुनीको टी ट्वान्टी क्रिकेट प्रतियोगीता समापनकाे अबसरमा धादिङ जिल्ला क्रिकेट संघले सम्मानित गरेकाे हाे ।

धादिङ जिल्लामा जन्मिएर बागमती प्रदेशको प्रतिनिधित्व गदै राष्ट्रिय स्तरको महिला क्रिकेट खेलेका नीलकण्ठ नगरपालिका वडा नं ८ कि अप्सरा कुमाल र सिद्धलेक गाउँपालिका वडा नं ७ की सानिया गिरीलाई धादिङ जिल्ला क्रिकेट संघको तर्फबाट सम्मान गरिएको थियो ।

बेनिघाटराेराङ गाउँ पालिका अध्याक्ष विवेक थपलिया, नीलकण्ठ नगरपालिका  उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषाेतम सुवेदी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष  सीताराम अधिकारी, धादिङ जिल्ला क्रिकेट संघले धादिङका अध्यक्ष  दिपेश कँडेल ले सम्मानपत्र तथा दाेसल्ला ओढाएर सम्मान गर्दै प्रगतिकाे शुभकामना व्यक्त गरिएकाे थियाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar