सिद्धलेकमा भलिबल प्रतियोगिता सुरु

सिद्धलेकमा भलिबल प्रतियोगिता सुरु

  • Kandara Samachar

  • सोमवार, अशोज २८, २०८१

  • 309
    SHARES
सिद्धलेकमा भलिबल प्रतियोगिता सुरु

रामहरी थापा/धादिङ ।

जिलाकै महंगाे पुरस्कार राशी एकलाख ११ हजार राशिको भलिबल प्रतियाेगिता नलाङमासुरु भएको छ ।
तमु युवा समाज सिद्धलेक–२ धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा स्व.लोक बहादुर गुरुङ र स्व.मनोज श्रेष्ठ स्मृती कप खुल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको हाे ।
खिर्रेस्थित नलाङ पात्ले मा.विको खेल मैदानमा सुरूभएको
प्रतियोगितामा ८ टिम सहभगि छन् ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै द्धित्तिय पुरस्कार ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय पुरस्कार ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुने टिममा खेलाडी संख्या १२ जना (९ जना एउटै पालिकाको हुनुपर्ने), टिम कोच १ जना र टिम म्यानेजर १ जना हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहयोगी संस्थाहरु धादिङ जिल्ला भलिबल संघ र लायन्स क्लब अफ काठमाडौँ सिद्धेश्वर ३२५ रहेको छ ।
तमु युवा समाजले हरेक बर्ष दशैको अवसरमा खिर्रेमा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ । यस बर्ष भने स्व.लोक बहादुर गुरुङ र स्व.मनोज श्रेष्ठ स्मृती कप आयोजन गर्न लागेको हो । तमु युवा समाजका सल्लाहकार, तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद सिद्धलेकका अध्यक्ष एवम नलाङ पात्ले माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा नलाङको साविक वडा नं ४ का वडा अध्यक्ष समेत रहेका लोक बहादुर गुरुङको गत असार ६ गते खिर्रेमा सवारी दुर्घटनामा परी निधन भएको थियो । यस्तै धादिङ जिल्ला भलिबलको टिम क्याप्टेन स्व.मनोज श्रेष्ठको गत बर्ष नलाङस्थित खिर्रेभञ्याङमा आयोजित भलिबल प्रतियोगिताकै समयमा निधन भएको थियो। टिपटप हेल्प नेपालबाट प्रधानमन्त्री कप एनभीए समेत खेलेका श्रेष्ठको कप्तानीमा धादिङले बागमती प्रदेश स्तरिय प्रतियोगिता समेत जितेको थियो ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar