जिल्ला स्तरीय कबड्डी सुपर लिग सुरु

जिल्ला स्तरीय कबड्डी सुपर लिग सुरु

  • Kandara Samachar

  • आइतवार, असार ३१, २०८१

  • 90
    SHARES
जिल्ला स्तरीय कबड्डी सुपर लिग सुरु

धादिङबेसी

धादिङ टाईटन्सको आयोजनामा धादिङबेसीमा कबड्डी सुपर लिग सुरु भएको छ ।
जिल्ला स्तरीय पुरुष कबड्डी प्रतियोगिता टाईटन्स कबड्डी कप २०८१ (सुपर लिग)मा जिल्लाका उत्कृष्ठ ६ टिम सहभागी छन् ।
प्रतियोगितामा धादिङ टाईटन्स क्लब ए र बी, विल्केश्वर युवा क्लब ए र बी , थाक्रे कबड्डी क्लब र सुनौलो भैरवी कबड्डी क्लब सहभागी छन् ।
प्रतियोगिताको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले उद्घाटन गर्नुभएको हो ।
कबड्डी खेलबाट धादिङ जिल्लालाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउने उद्धेश्यले क्लवको स्थापना दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको टाइटन्स क्लवका अध्यक्ष काजी श्रेष्ठले बताउनुभये ।
कार्यक्रम उद्घाटन समारोहमा जिल्लास्थित विभिन्न खेलकुल विधाका प्रमुखहरु र सरोकारवालाहरु उपस्थित थिए ।
प्रतियोगीतामा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार पुरस्कार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
साथै उत्कृष्ट खेलाडी‚ उत्कृष्ट रेडर‚ उत्कृष्ट डिफेन्डर‚ उत्कृष्ट अलराउन्डर र उदयमान खेलाडीहरूलाई पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
धादिङबेशी स्थित कर्भड हलमा जारी प्रतियोगिता ३१ गतेसम्म सञ्चालन हुने छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar