रुबीभ्याली गाउँपालिकामा सर्वपक्षिय बैठकमा असम्ब्धित पक्षकाे हस्तक्षेपकाे बिराेध

रुबीभ्याली गाउँपालिकामा सर्वपक्षिय बैठकमा असम्ब्धित पक्षकाे हस्तक्षेपकाे बिराेध

  • Kandara Samachar

  • आइतवार, माघ ५, २०८२

  • 66
    SHARES
रुबीभ्याली गाउँपालिकामा सर्वपक्षिय बैठकमा असम्ब्धित पक्षकाे हस्तक्षेपकाे बिराेध

धादिङ ।

रुबी भ्याली गाउँपालिकाको कार्यालयमा हालै सम्पन्न बैठकमा बाह्य तथा असम्बन्धित व्यक्तिहरू प्रवेश गरी जनप्रतिनिधि तथा जलविद्युत् कम्पनीका अधिकारीमाथि अभद्र व्यवहार, हातपात गर्ने प्रयास र अवाञ्छित गतिविधि भएको घटनाप्रति गाउँपालिकाले गम्भीर चासो व्यक्त गरेको छ।

गत माघ ३ गते गाउँपालिका कार्यालयमा स्थानीय सरोकारवाला, सुरक्षा निकायका प्रतिनिधि तथा जलविद्युत् कम्पनीका अधिकारीहरूको सहभागितामा भूमि विवाद तथा सामाजिक उत्तरदायित्व (CSR) सम्बन्धी छलफलका क्रममा उक्त घटना घटेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यस्ता घटनाले विकास निर्माण कार्यमा आवश्यक समन्वय, सहकार्य र सहअस्तित्वको वातावरणमा गम्भीर असर पर्ने भन्दै दोषीमाथि कानुनी कारबाही हुनुपर्ने जनाएको छ। साथै स्थानीयवासी र सरोकारवाला सबैलाई समस्या समाधानका लागि शान्तिपूर्ण र कानुनी बाटो अपनाउन आग्रह गरेको छ।

विकास, सुशासन र स्थानीय हितप्रति प्रतिबद्ध रहेको गाउँपालिकाले यस्ता अवाञ्छित घटनाले आफ्नो प्रतिबद्धता कमजोर नपार्ने स्पष्ट पारेको छ।

गाउँपालिकाका अध्यक्ष राम सिंह तामाङ र उपाध्यक्ष फेलामा तामाङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आगामी दिनमा यस्ता घटना नदोहोर्याउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar