
धादिङ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर १३ सेउली नजिकै दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ पेर्चाेबाट धादिङबेसीतर्फ आउदै गरेकाे ग १ ज ६७५५ नम्बरको बोलेरो सेउली नजिकै पल्टिएर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
घरमा दशैँ मनाएर धादिङबेसीतर्फ अाउदै गरेकाे अवस्था एक्कासि गाडीमा ब्रेक नलागेर दुर्घटना भएकाे थियाे ।
दुर्घटनामा घाइतेमध्ये ११ जनाकाे धादिङ अस्पताल उपचार भईरहेकाे छ । तीन जना घाइतेकाे अवस्था गम्भीर छ ।
दुर्घटनापछि स्थानीयबासी, जनपथ प्रहरीले उद्धार गरि विरामीहरुलाइ अस्पताल पुर्याएकाे र घाइतेहरु ९ जनाकाे काे धादिङ अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दहालले दिनुभयाे ।