जनताले चाहेको व्यवस्था लागु नभएको माओवादी संस्थापकहरुको भनाइ

जनताले चाहेको व्यवस्था लागु नभएको माओवादी संस्थापकहरुको भनाइ

  • रामहरि थापा

  • आइतवार, फाल्गुन ४, २०८१

  • 131
    SHARES
जनताले चाहेको व्यवस्था लागु नभएको माओवादी संस्थापकहरुको भनाइ

धादिङ ।

बन्दुकको नालबाट राज्यसत्ता परिवर्तन हुन्छ र सामन्ती व्यवस्थाको अन्त्य भइ जनताले चाहेको व्यवस्था आउन भन्ने माओवादीले थालेको जनयुद्धबाट अपेक्षा गरिएको थियो ।
नेकपा माओवादी केन्द्रले जनयुद्ध थालेको ३० औँ वर्षको अबसरमा धादिङबेसीमा बिप्लबले नेर्तत्व गरेको नेपाल कम्यूनिष्ट पार्टीले आयोजना गरेको अग्रजहरुको सम्मान कार्यक्रममा नेकपा चौथो महाधिवेशनका संस्थापक चार जनालाई सम्मान गरेको थियो ।
नेकपा चौमको धादिङ जिल्ला कमिटि तत्कालिन नीलकण्ठ गाउँपंचायतको क्षेत्रमा जम्मा भएर २०३७ जेठ १९ गते बेधनिधि अधिकारी सेक्रेटरी रहेको सात सदसीय कमिटि गठन गरिएको थियो ।
संस्थापक बेधनिधि अधिकारी, भगवती नेपाल, सीताराम कोइराला, र टिकाबहादुर भण्डारीलाई सम्मान गर्दै नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सेक्रेटरी प्रमोद सि, तथा जिल्ला इन्चार्ज शेरबहादुर भण्डारी ज्योति सिले अग्रज, सहिद र घाइते योद्धाहरुले देखाएको बाटोमा लागिरहने बताउनुभयो ।
जनतालाई उत्पादनसंग जोड्नु पर्ने, शोसित, पीडित, सर्वहारा, गरिव, किसान मजदुरको पार्टी बन्ने, जनयुद्धले सामन्त्री सत्ताको अन्त्य हुने र सर्वहाराको न्यायको शासन आउने आशा गरिएकोमा जनताको आशा अनुसार काम नभएको संस्थापकहरुको भनाइ छ । विचलन, माओवादीले युद्ध सुरु गर्दा गरेको बाचा बिर्सेर अन्यत्र गएको र सर्वहारा, श्रमिक मजदुरको पक्षमा काम नभएकोले जनताले निराशा व्यक्त गरिरहेको संस्थापकहरुको भनाइ छ ।
कार्यक्रममा संस्थापक बेधनिदि अधिकारी, सीताराम कोइरला, भगवती नेपाल, टिकाबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबहादुर भण्डारी, नेकपा एसका शिवराज सापकोटा लगायतले शुभकामना दिँदै जनताको चाहना अनुसार अघिबढ्न नेतृत्वलाई सुझाव दिएका छन् ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar