जिन्दगीको व्याकरण

जिन्दगीको व्याकरण

  • Kandara Samachar

  • सोमवार, कार्तिक १२, २०८१

  • 365
    SHARES
जिन्दगीको व्याकरण

✍️ अजिता दहाल क्रान्ति

अस्थिर मन,रुग्ण छ तन वर्तमानमा निकै बाधा छ।
तैपनि रातपछि दिन आउँछ भन्ने पुर्ण अभिलाषा छ।

कमजोर हुँदा फाइदा उठाउने प्रियजन याद राख्नुस्,
भनिन्छ नि कोही नहुनेको साथमा हमेसा विधाता छ।

खुसीमा अल्पविराम(,)लाग्यो पुर्णविराम(।)लाग्ने छैन,
उपसर्ग र प्रत्यय होइन मुल शब्द बन्ने उनको बाचा छ।

जिन्दगीको ब्याकरणमा कतै अशुद्ध पक्कै भए होला,
व्यवहारको रङ्गमंचमा सागर जस्तै निर्मल छ,आहा छ।

नितान्त एक्लै छु अचेल र त आफैंलाई बुझ्न पाएकी छु,
भन्नुहोस्,प्रिय मित्र हजुर निपात भएर कत्तिको नाफा छ ?


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar