तीन निजि सवारी र एक बेकरीलाई जरिवाना

तीन निजि सवारी र एक बेकरीलाई जरिवाना

  • Kandara Samachar

  • सोमवार, अशोज २१, २०८१

  • 106
    SHARES
तीन निजि सवारी र एक बेकरीलाई जरिवाना

धादिङ ।

फाेहाेर सडेकाे सामाग्री भएकाे फेलापरेपछि जिल्ला अनुगमन समितिले धादिङबेसीकाे ए वान बेकरी उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गरेकाे छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेकाे नेतृत्वको टोलीबाट आकस्मिक अनुगमन गर्दा सरसफाई अत्यन्त कमजोर, भण्डार कोठामा साङ्ला लगायतका किरा, दुईवटा खाद्यान्न सामान म्याद गुज्रेको, फ्रिजमा कतिपय सामान खुला रुपमा राखेको, खुला रुपमा झिंगा भन्केको आनुगमन टाेलीले भेटेकाे उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुडामणि पुरीलेसुझाव सहित कारबाही गरिएकाे जानकारी दिनुभयाे ।
बेकरी संचालन मापदण्ड अनुसार गुणस्तर कायम गरेर मात्र उद्याेगलाई संचालन गर्न अनुगमनका क्रममा सुझाव दिईएकाे छ ।
निजी नम्बर (राताे नम्बर) काे सवारीले प्रचलित कानुन विपरित २० भन्दा बढी यात्रु बाेकेर जाँदै गरेकाे अवस्थामा २ अाेटा सवारी साधनलाई प्रजिअ घिमिरे नेतृत्व अनुगमन टाेलीले आइतबार कारबाही गरेकाे छ ।
नियम विपरित अति धेरै यात्रु बाेकेर जाेखिमपुर्ण रुपमा गाउँ तर्फ जान लागेकाे प्रदेश ३- ०१-०२४-च ६८३९ र ग २ च ९०५३ का २ वटा निजी ४ पांग्रे सवारी साधनहरुलाई २०/२० हजार जरिवाना गरिएकाे छ ।
असुरक्षित रुपमा यात्रु बाेकेकाे अवस्थामा भेटिएपछि दुई सवारीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएकाे छ ।
यसैगरि अखाद्य बस्तुबजारमा लगेर विक्रि गरेकाे, विल विजक जारी नगरेकाे जिल्ला अनुगमन समिति संयाेजक युवराज अर्यालकाे नेतृत्व अनुगमन टाेलीले मलेखुमा एउटा सवारी साधन फेला पारेर ५ हजार रुपैयाँ जरिवाना गराएकाे छ ।
प्रदेश ३-०१- ०२४ च ४१८१ नम्बर काे निजि नम्बरको सवारीले बजारमा खान अयाेग्य वस्तु विना विल विजक विक्रि गरेपछि कारबाही गरिएकाे थियाे ।
कर समेत छलिएकाे सवारी साधनलाई इलाका प्रहरी कार्यालय गजुरीलाई जिम्मा लगाईएकाे छ ।
निजि नम्बरको सवारी साधनले यात्रु बाेकेकाे समयमा दुर्घटना भएमा विमा नहुने भएकाे सबैतिरबाट समस्या अाउने, र कानुन विपरितकाे काम गरिएकाे ठहर्ने बताईएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar