लाेक रिझ्याईँ र एमाले विरुद्ध बालेनकाे माेर्चाबन्दी

लाेक रिझ्याईँ र एमाले विरुद्ध बालेनकाे माेर्चाबन्दी

  • Kandara Samachar

  • शुक्रबार, भदौ २१, २०८१

  • 277
    SHARES
लाेक रिझ्याईँ र एमाले विरुद्ध बालेनकाे माेर्चाबन्दी

✍️ माधव गुरुङ ।

केही दिन अघि समाजिक सञ्जाल फेसबुकमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध अनफलो गर्ने अभियान तीव्र भयो। साढे छ लाख भन्दा बढी फलोअर्स भएका उनको फेसबुक पेजमा त्यो संख्या घटेर पाँच लाख ८० हजारमा आएर रोकियो फेरी अहिले त्यो संख्या उक्लने क्रममा छ ।
नेपालमा राजनैतिक दलहरु र तिनका नेतृत्व प्रति आम जनताको चरम असन्तुष्टि रहेकोछ भन्ने भाष्य बलियो हुँदै गर्दा अहिलेका प्रधानमन्त्री ओलीको लोकप्रियता खस्किएको देखाउन अभियानकै रुपमा चालिएको उक्त कदमका पछाडी अहिले समाजिक सञ्जालमा लोकप्रिय भएका भनिएका चर्चित महानगर प्रमुख बालेन शाहका सर्मथकहरुको हात रहेको भन्ने विश्वास गरिन्छ। काठमाण्डौ महानगरका स्वतन्त्र नगर प्रमुख शाह जसरी तिलस्मी रुपमा नेपाली राजनीतिमा उदाए त्यस हिसाबले उनको पछाडी लाखौँ जनता पछाडी रहेको छ भन्नेमा कुनै दुविधा छैन।लोकप्रियतावादी छवि बनाएका शाह प्रतिको आम धारणा एक ढंगबाट चामत्कारिक र उच्च नैतिकवान भएका नेताका रुपमा विकसित भएको बताईन्छ। पुराना दल र तिनका उच्च नेता प्रति वितृष्ण भएका ( जगाएका ?) कारण नयाँ दल र नेताहरु प्रति बढेको आर्कषणले अघिल्लो चुनावमा दलहरुलाई जनताले एक ढंगबाट चेतावनी दिएका पनि मान्न सकिन्छ ।
गएको २ दिनमा समाजिक सञ्जाल र समाचार माध्यममा फलो अनफलो गर्ने विषयले प्राथमिकता पाउँदै गर्दा धेरैले केपी ओली जनता माझ आलोकप्रिय भएको देखाउने जुन खालको अभियान चल्यो त्यसको पृष्ठभुमि खोज्न चाही न विवेकशील जनता लागे न त जिम्मेवार भनेका सञ्चार माध्यमहरु नै लागे । बरु आफुसम्बद्द दलका नेता भएका कारण एमालेका कार्यकर्ताहरु भने बालेन सर्मथकको अभियानलाई निस्तेज बनाउन सक्रिय भएको देखिन्छ तर पनि उनीहरुले यो द्वन्द्वको कारण र आशयका बारेमा जनतालाइ सुसुचित गर्ने प्रयास भने प्रभावकारी रुपमा गर्न नसकेको देखिन्छ । महानगर प्रमुख शाहले विषयलाइ कसरी विषयान्तर गर्न सकिन्छ र पब्लिक सेन्टिमेन्टलाई आफुतिरै राख्न सकिन्छ भन्ने जानेकाले नै उनका सर्मथकहरुले अनफलो अभियान चलाएका देखिन्छ।विगतका घटनाहरु र बालेन गरेका चतुर्याइका बारेमा तटस्थ भए हेर्ने हो भने उनका बठ्याई स्पष्ट बुझ्न सकिन्छ ।केही समय अगाडी उनले भौतिक मन्त्रालय अगाडी फोहोर फाल्दा पनि उत्तिकै पब्लिक एटेन्सन पाए धेरैलाई उनले के भ्रममा राख्न सफल भए भने चक्रपथ विस्तारमा मन्त्रालयले देखाएको उदासिनताका कारण जनताले सास्ती व्यहोरेको र त्यसैको प्रतिक्रिया स्वरुप मन्त्रालयलाइ चेतावनी स्वरुप उक्त कदम चालिएको भनेर प्रचार गरे ।खासमा उनको त्यो कदम न्यूरोडमा फुटपाथ विस्तार गर्न महानगरले चालेको कदमका विरुद्ध मन्त्रालयको नेतृत्व उभिए पछि प्रतिक्रिया स्वरुप चालिएको थियो। तर जनताको ध्यान केन्द्रित गर्न र आफ्नो अराजक व्यवहार ढाकछोप गर्न चक्रपथ विस्तार र काठमाण्डौका सडक हिलाम्मे भएको विषयसँग जोडेर भौतिक मन्त्रालयसँग समन्वय गर्न नसकेको र न्यूरोडबासीसँग भएको टकरावलाइ विषयान्तर गर्न सफल भए ।
पछिल्लो घटनक्रमलाइ पनि हेर्ने हो भने उनले एमालेका प्रदेश सांसद रेखा शर्माले बालश्रम र दुव्र्यवहारका विषयलाई उछालेर आफ्नो आलोकप्रिय कदमलाई ढाकछोप गर्ने प्रयत्न गरेका देखिन्छ। यसै विषयमा एमालेसँग उनको टकराव देखिनुको मुख्य कारणलाइ भने ओझेलमा पार्ने कुचेष्टा गरे ।शर्माका विषय यतिखेरै उठाउनुको कारण किन पनि युक्तिसंगत छैन भने यो विषय धरै पहिले नै उठेको र शोषणमा परिएका भनिएको बालिका धेरै पहिले महानगरको संरक्षणमा रहेको कुरा केपी ओली प्रधानमन्त्रीमा नियुक्त हुनु भन्दा पहिले नै आइसकेकोले रेखा शर्माका बारेमा छानबिन गर्नु पर्ने विषय त्यतिखेरै नै उचालिनु स्वभाविक देखिन्थ्यो वा बालेन हवाला दिएको अदालको आदेश आए लगत्तै पनि उठान गर्नु स्वभाविक रहन्थ्यो ।तर यतिखेर यो विषय उठाउनुको रणनैतिक चालबाजी भने न जनताले बुझे न त सञ्चार माध्यमले ।काठमाण्डौ भित्रका खोला किनारहरुको मापदण्डका सवालमा सर्वोच्च अदालत दिएको फैसलाको पुर्णपाठ र त्यसको आडमा बालेन एकल निर्णय गरेर जारी गरेको सूचनाका कारण उनको छबिमा धक्का लाग्ने महसुस गरेर नै एकाएक संगति नमिलेको विषयलाइ बाहिर ल्याएको कुरा कसैले बुझ्न चाहेन।रेखा शर्मा एमाले भएकै कारण उनले गरेका अपराध एमालेले बोक्नुहुन भन्ने कुरा प्रधानमन्त्री लगायत सबै एमालेजनले बुझ्न जरुरी छ।तर महानगरले खोलाका किनारका संरचनाका सावलमा लिएको निर्णय विवादमा परेपछि र महानगरबासीको आक्रोशको तारो बन्ने देखिए पछि बालेनले एमाले सांसद रेखाको विषय उठाएको देखिन्छ।जस्लाइ आम जनताले पनि बुझन सकेनन्। एमालेसँग बालेनको टकराव किन पनि बढेको देखिन्छ भने उनका बेलगाम शैलीमा एमाले सर्मथित वडाध्यक्षहरु उभिएका छन् भने पछिल्लो समयमा उपमेयर सुनिता डंगोल पनि प्रखर भएर उनका गलत व्यवहारको आलोचना गरिरहेकाछन् । बागमति नदी किनारमा रहेका सुकुम्बासी र सर्वोच्चको फैसला नितान्त फरक विषय हो भन्ने कुरा ख्याल नै नगरी हतारमा बालेन निकालेको सुचनाले उनको चामत्कारिक छविमा आँच आउने देखेर नै उनले शर्माको विषय उठाएका हो भन्ने कुरा घाम जत्तिकै छर्लंग छ तर बालेन सर्मथकको मानोविज्ञान यसरी एकोहोरिएको छ की दलका कार्यकर्ताहरुलाइ झोलेका ट्याग भिडाउदै गर्दा उनीहरु आफै चाही जानी नजानी कसको झोला बोक्दै छन् भन्ने तथ्यलाई नजरअन्दाज गरिदिन्छन्।
फेसबुकमा केपी ओलीका विरुद्ध अभियान चल्दै गर्दा उनका सर्मथकले के चाही विर्से भने यो अभियानले न सरकारको वैधता समाप्त गर्न सकिन्छ न बालेनका स्वेच्छाचारिता। बरु साच्चै शर्माका विरुद्ध अभियान चलाएका भए सरकारलाइ दबाब पुग्न सक्थ्यो होला ।उनी दोषी भएका भए सरकार जनदबाबका सामु झुक्न बाध्य हुन्थ्यो होला ।तर समाजको मनोविज्ञान पनि बुझिनसक्नु भएको देखिन्छ।महानगरका कार्यक्षेत्र भित्र नपरेका कतिपय कुराहरुको जस पनि बालेनलाई दिन तयार हुन्छन तर उनले गर्न नसकेका र नगरेका अनि कतिपय गलत कामको विषयमा आँखा चिम्लन तयार हुन्छन्।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar