पहिराेबाट बचाउन बालबालिका बाेकेरै विद्यालय तिर आमाहरु

पहिराेबाट बचाउन बालबालिका बाेकेरै विद्यालय तिर आमाहरु

  • Kandara Samachar

  • बिहिबार, भदौ २०, २०८१

  • 140
    SHARES
पहिराेबाट बचाउन बालबालिका बाेकेरै विद्यालय तिर आमाहरु

धादिङ
निरन्तरको वर्षा र केही दिनदेखिको पहिरो बाढी समेत आउन थालेपछि बढेको जोखिम भएपनि विद्यालयहरुले कक्षा संचालन गरिरहँदा विद्यार्थीहरुले जोखिम मोल्न बाध्य भइरहेका छन् ।
धादिङबेसीबाट दार्खा पुुग्ने बाटो किन्ताङफेदीमा पहिरोले बन्द भएपछि सवारी साधन उत्तरतर्फ जान पाएको छैन ।
मंगलादेबि मावि नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ बोराङमा अध्यायनरत बालबालिका पहिरो पार गरेर विद्यालय आउँदा जोखिम मोलिरहेका छन् ।
नियमित पहिरो आइरहेको छ । विद्यालय खुल्ला भएकोले अभिभावक आफैँले बालबालिका बोकेर विद्यालय ल्याउने गरेको विद्यालयका प्रधानाध्यापक सरस्वती अधिकारीले बताउनुुभयो ।
पहिरो पार गरेर हरेक दिन २० जना विद्यार्थी विद्यालयसम्म आउनुपर्नेभएकोले उनिहरु जोखिम मोलेर पढाइलाई निरन्तरा दिइरहेका छन् ।
किन्ताङफेदी बजार पारगरेपछि खोलाछेउमाथीबाट आएको पहिरोले मानिस हिड्न समेत नमिल्नेगरि पहिरोले क्षतिग्रस्त बनाएको छ । तल आँखुखोला छ भने माथीबाट पहिरो आएकोले मानिसहरुलाई समस्या पारेको छ । पहाड फोरेर सडक उत्तर धादिङ लगिएकोले यस क्षेत्रबाट खनियाबास गाउँपालिका, रुबभ्यिाली गाउँपालिका क्षेत्रको सडक सम्पर्क टुटेकोले सो क्षेत्रका मानिसले वर्ष सुरुभएपछि कष्टभोगेको रुबीभ्यालीका बिजय तामाङले बताउनुुभयो ।
किन्ताङफेदीमात्र केराबारी क्षेत्रमा पहिरो गएपछि स्वास्थ्य चौकी सम्म जान समेत मानिसलाई समस्या परेको स्थानीय स्वास्थ्यकर्मी पवित्रा तामाङले बताउनुुभयो ।
वर्षा सुरुभएपछि ठाउँ ठाउँमा पहिरो लड्ने र खोलाहरुमा बाढी आउन थालेपछि पुल नभएका कारण उत्तर धादिङको सम्पर्क टुट्ने गरेको छ ।
विरामी हुने र विद्यालय जाने विद्यार्थीहरुले नियमित रुपमा यस क्षेत्रमा वषैँदेखि दुख पाएका छन् ।
मानिससमेत आवतजावत बन्द हुनेगरि बाटाे पहिराे लडेकाे एक महिना भईसक्दा पनि स्थानिय सरकारले भने अरुले गर्ला भनेर वेवास्ता गरेकाे अभिभावक बलबहादुर तामाङ बताउनुहुन्छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar