मैत्रीपूर्ण फुटसलमा पत्रकार महासंघ विजयी

मैत्रीपूर्ण फुटसलमा पत्रकार महासंघ विजयी

  • Kandara Samachar

  • बिहिबार, भदौ २०, २०८१

  • 67
    SHARES
मैत्रीपूर्ण फुटसलमा पत्रकार महासंघ विजयी

धादिङ ।

निजामती सेवा दिवसको अवसरमा धादिङबेशीमा भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार महासंघ विजयी भएकाे छ ।
राष्ट्रसेवक कर्मचारी र पत्रकारविच भएको मैत्रीपूर्ण खेलमा १०–६ गोलले पत्रकारको समुह विजयी भएकाे हाे ।
आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल खेलको आयोजना गरिएको कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष विष्णु प्रसाद आचार्यले बताउनुभयाे ।
यो फुटसल खेलले राष्ट्रसेवक हामी कर्मचारी र राज्यको चौथो अंग पत्रकारहरुविच अझै सम्बन्ध प्रगाढ बनेको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयाे ।
व्यवसायिक र सिर्जनशिल प्रशासन, विकास, समृद्धि र सुशासन भन्ने मूल मर्मका साथ निजामती कर्मचारी दिवस २०८१ मनाइ रहेको छ । भदौ १७ र १८ गते राष्ट्रसेवक कर्मचारीविच व्याडमिन्टन प्रतियोगिता, १८ गते राष्ट्रसेवक महिला कर्मचारीविच फुटसल प्रतियोगता, १९ गते राष्ट्रसेवक कर्मचारी र पत्रकारविच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भइ सकेको कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयाे । त्यस्तै, भदौ २० गते वृक्षारोपण कार्यक्रम र २२ गते आमाको माया छात्रावासलाई खाद्यान्न तथा स्टेशनरी सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar