सुनकाे काराेबार लेनदेनमा पुगेपछि………

सुनकाे काराेबार लेनदेनमा पुगेपछि………

  • Kandara Samachar

  • शुक्रबार, साउन ३२, २०८१

  • 149
    SHARES
सुनकाे काराेबार लेनदेनमा पुगेपछि………

सीताराम अधिकारी/धादिङ ।

पारिवारभित्रको लेनदेख, झै झगडा, कुलोपानी साँध सिमाना कुरा परिवारमै मिलाएको राम्रो । यदि परिवारमा समाजमा मिलाउन सकिएन भने आफ्नो पालिकाको न्यायिक समितिमा छलफल गरेर मिलाउन सकिन्छ ।
यदि कसैले ऋण लिएको छ भने तिर्नु पर्छ तर अनेकन बहाना बनाएर प्रपञ्च रचेर ऋण लगेको जस्तो देखााइयो भने विवाद बढ्दै जाने गर्छ । यस्तै किसिमको घटना भएको छ नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का भरत पोखरेल र उनका मामाका छोरा दयाराम नेपाल बिच ०७८ असोज २६ गते ९ लाख रुपैयाँ लेनदेन भएको एउटा कागज बन्छ । भरतलाई दयारामलाई नगद दिएको भनेर बनाइएको एउटा पत्र तत्कालित वडा सदस्य प्रकाश श्रेष्ठकोमा पुगछ । भरतको भनाइमा घरमा विद्युत पोल चाहिएकोले सो कागजमा विद्युत पोल ल्याउनका लागि निवेदन भनेर हस्ताक्षर गराइएको थियो तर कागजमा ९ लाख ऋण लिएको बनाइएको रहेछ । त्यस दिन हतारमा हस्ताक्षर गर्दा अहिले आफ्नो जायजेथा नै सकिने अवस्था आएको बताउनुहुन्छ ।
वडा सदस्य श्रेष्ठले असोज २६ गते दशैँको फुलपातीको दिन सो उनको आएको तमशुकमा यस बापत वडामा तिर्नुपर्ने रकम राजश्व तिरेपछि तमसुक प्रमाणित गर्नुभएको छ । तर अदालतमा मुद्दा पर्दा सो दिन राजश्व नतिरी कात्तिक १ गतेमात्र २ सय तिरेको भनेर जिल्ला अदालतमा रसिद नम्बर नभएको रसिद पेश भएको पाइएको छ ।
पछि उच्च अदालत जाँदा एउटा नम्बर भएको रसिद पेशभएको तथ्या देखिँदा दुईजना बिचको तमसुक प्रमाणित गर्दा किन एक वडा सदस्यले गल्ती गरे प्रश्न उठेको छ ।
तमशुक प्रमाणित विदाकाे दिन गर्न पाईने भएपनि शुल्क लिईएकाे भनिएकाे बेला रसिद नभई किन प्रमाणित भयाे ?
०७९ जेठ २३ गते दयाराम नेपालले दायर गरेको लेनदेन मुद्दामा जिल्ला अदालतले भरत पोखरेललाई जिल्ला अदालतले नौ लाख र मुद्दा गर्दा लागेको खर्च समेत भराउन ०८० साउन ३० गते फैसला गरेको छ । वडा कार्यालयले पछि रकम लिएर पहिल्यै तमसुक प्रमाणित गर्ने र नम्बर नभएको रसिदबाट लिएको रकम कार्यालयको आम्दानी गर्ने गरिएको छ कि छैन भन्ने विषयमा समेत अहिले विवाद उठेको छ ।
यसअघि भरतले ठगी गरेको भनेर केशव नेपालले (दयारामका दाजु) ले ०७८ चैत १६ गते जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गराउनुभएको थियो ।
ठगी गरेको मुद्दा लगाइएको अवस्थामा ९ लाख दिनुपर्ने बाध्यताबारे पनि अहिले चर्चाको विषय बनेको छ । ठगी मुद्दा भने जिल्ला अदालतले ०७९ फागुन १४ गते भरतलाई सफाइ दिने फैसला गरेको थियो ।
खासमा भरतकाे सम्पर्कबाट १ किलाेग्राम सुन १६ लाखमा पाईने लाेभमा मलेखु पुगेर पुलमुनि नचिनेका मािससंग दयाराम नेपाल, केशव नेपाल र भरत पाेखरेलले सुन ल्याएका थिए । पछि सुन जाँच गर्न लाँदा सुन नभएकाे र अाफुहरु ठगिएकाे थाहापाएपछि दाजु भाईले मामाकाे छाेरासंग फरक किसिमकाे मुद्दा गरेकाे बझिन्छ । ठगि मुद्दामा भने सुन दिएर पैसा लगेकाे र पछि सुन नक्कली भएकाे भनी हालिएकाे मुद्दामा अदालतले भरतकाे पक्षमा फैसला गरेकाे थियाे । अथवा भरतले ठगि नगरेकाे भनिएकाे थियाे ।
ठगि र लेनदेन मुद्दा परेपछि नेपाल परिवार र पाेखरेल परिवार बाेलचाल समेत छैन ।
लेनदेनमा मुद्दा हारेपछि भरत पाेखरेल अाफ्नाे सबै सकिने भएकाे हार गुहार गर्दै नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मासंग पुग्नुभयाे । अदालत फैसलाविरुद्ध केही नबाेले बताउनुभयाे ।
यसपछि पाेखरेल परिवार पत्रकारहरुलाइ समाचार लेखिदिन अाग्रह गर्नुभयाे ।
तत्काालिन नीलकण्ठ नगरपालिका ८ नम्बर वडा सदस्य र हाल वडा अध्यक्ष समेत रहनुभएका प्रकाश श्रेष्ठले अाफुले तमसुक प्रमाणित गर्दा दुबै पक्ष भएकाे र कागजमा सहि गरेकाे कुरा साेधेर मात्र प्रमाणित गरेकाे बताउनुभयाे ।
नम्बर नभएकाे रिसदबारे जानकारि नभएकाे र पछि रसद काटिएकाे सम्बन्धमा भने प्रमाणित गरिएकाे दिन बिदा परेकाे र कार्यालय खुलेपछि रसिद काटेकाे श्रेष्ठको भनाइ छ ।
दाजुभाई भएपनि आफुसहित दयारम नेपाल ठगिएकाे र लेनदेन कागज गरेकाे आधारमा मुद्दा जितेकाे विवादकाे एकपक्ष केशव नेपालले बताउनुभयाे ।
ठगि मुद्दामा भरतले राखेकाे ३ लाख धराैटी रकम नेपाल पक्षकाे निवेदनपछि फिर्ता भएकाे छैन ।
आफु समेत लेनदेनमा फसेकाेले अझै अर्को लेनदेनकाे मुद्दा गर्नका लागि ४ लाख २० हजारकाे लेनदेन कागज रहेकाेले पुन: मुद्दामा जाने तयारी रहेकाे केशव नेपालकाे भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar