समाचार प्रभाव : समस्यामा परेका तिनघरेका दलित बालबालिकालाई सहयोग

समाचार प्रभाव : समस्यामा परेका तिनघरेका दलित बालबालिकालाई सहयोग

  • Kandara Samachar

  • सोमवार, साउन १४, २०८१

  • 612
    SHARES
समाचार प्रभाव :  समस्यामा परेका तिनघरेका दलित  बालबालिकालाई सहयोग

धादिङ /
बाबुकाे मृत्यु, अामा विदेश गएपछि खान लाउन समस्यामा परेका ३ बालबालिका सहित गरिबीका कारण कष्टकर जीवन विताईरहेका ७ बालबालिकालाई सहयाेगिहरुकाे सहयाेगमा कपडा जुत्ता, स्टेसनरी र खाद्यान्न उपलब्ध गराईएकाे छ ।
नीलकण्ठ नगरपालिका वडा नं–२ स्थित अन्नपुर्ण आधारभुत विद्यालयका ७ जना बालबालिकालाई सहयोग गरिएको हाे ।
मानवी क्रियटिभ एशोसिएसनका अध्यक्ष बद्री प्रसाद ढुंगाना र सचिव जयन्ती अधिकारीले १५ हजार बराबरको कपडा, जुत्ता सहयोग गर्नुभएको हो ।ढुंगाना हाल बैदेसिक राेजगारकाे सिलसिलामा जापानमा हुनुहुन्छ ।
त्यसैगरी अधिकारकर्मी हाल इजरायलमा कार्यरत राजन दुवाडीले कापी, सिसाकलम लगायत स्टेस्नरी सामान उपलब्ध गराउनुभयाे ।
नीलकण्ठ–८ का प्रदिप सुवेदीले खाद्यन्न सामाग्री र त्रिपुरा पुस्तक पसलका नारायण कुमार श्रेष्ठले ट्रयाकसुट सेट सहयोग गर्नुभएको छ ।
बाबुको मृत्यु भएको र आमा विदेश गएका पार्वती, रामशरण र राजेन्द्र मिजारले लगाउने कपडा र खानेकुरा नभएपछि कष्टकर जीवन विताउदै अाएका छन् । रबिन सुनार, इन्दीरा मिजार, सन्जीता मिजार र अनुस्का सुनारको अवस्था अत्यन्त दयनीय भएको समाचार इन्सेक अनलाइन, नेपाल समाचार पत्रकाे न्युजअफ नेपाल डटकम, कन्दरा समाचार डटकममा प्रकाशित र नीलकण्ठ एफएममा प्रशारित समाचारको प्रभावबाट दाताहरुले सहयोग उपलब्ध गराउनुभएको पत्रकार सिताराम अधिकारीले बताउनुभयो । न्यूजअफनेपालडटकम मा ०८१ असार १५ गते “अभिभावक नभएपछि खाना खोज्दै गाउँतिर, च्यातिएको लुगामा विद्यालय” शिर्षकमा समाचार प्रकाशन भएपछि दयनिय अवस्थामा सघाउन सहयाेग गरेकाे दाताहरुकाे भनाइ छ । सहयाेगि ढुंगानाले मानवी क्रियटिभ एसाेसियसनले अागामी समयमा सटेसनरी कपडा उपलब्ध गराउने बताउनुभएकाे छ ।
ईनसेक अनलाइनमा ०८१ साउन ४ गते “भोकै विद्यालय जानु पर्ने बाध्यतामा दलित समूदायका बालबालिका” शिर्षकमा समाचार प्रकाशन भएकाे थियाे ।
विद्यालयमा आईतवार एक कार्यक्रमका बिच सामाग्री वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोपिला कोइराला, प्रधानाध्यापमक उर्मिला तिमल्सिना, पत्रकार सिताराम अधिकारी र आकाश लम्सालले उक्त सामाग्री वितरण गर्नुभएको हो ।
अन्नपुर्ण आधारभुत विद्यालयमा ६६ जना विद्यार्थी अध्ययनरत रहेकोमा ५० जना दलित बालबालिका रहेको प्रधानाध्यापक तिमल्सिनाले बताउनुभयो । ती बालबालिकाहरु गरिबिको रेखामुनी रहेको उहाँको भनाइ छ ।
बालबालिकाको अवस्थाको बारेमा समाचार पढेपछि नीलकण्ठ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले विद्यालय पोशाक र जुत्ता र निजी विद्यालय संचालक विनोदमान श्रेष्ठले झोला, सरसफाई सामाग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar