रासायनिक मलकाे अभाव हुन नदिने कृषि मन्त्री अधिकारीकाे भनाई

रासायनिक मलकाे अभाव हुन नदिने कृषि मन्त्री अधिकारीकाे भनाई

  • Kandara Samachar

  • शुक्रबार, साउन ४, २०८१

  • 135
    SHARES
रासायनिक मलकाे अभाव हुन नदिने कृषि मन्त्री अधिकारीकाे भनाई

धादिङ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीलेरासायनिक मलकाे अभाव नहुने र एक साताभित्र सहज व्यवस्थापन हुने बताउनुभएकाे छ ।
मन्त्री भएकाे पहिलाे दिन मन्त्रालय पुगेर दैनिक समस्या भाेगिरहेका मल किसानका समस्याबारे बुझ्दा रासायनिक मल १ सय ५० हजार मेट्रिकटन मल माैजदात रहेकाेले मलकाे हाहाकार नहुने र एकसाता भित्र सहज ब्यवस्थापनकाे लाथि निर्देशन गरेकाे बताउनुभयाे ।
नेपाल प्रेस युनियन धादिङले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले कृषि शिक्षा र अनुसन्धान, हाल प्रयाेगमा नअाएका कृषि उत्पादित जमिनकाे उत्पादन क्षेत्र बनाउने, विषादी नियन्त्रण र नियमन गर्ने, गुणस्तरीय विउविजन र पशु विकास कार्यक्रम मनत्रालयमा नियमित कार्यक्रम बारे बुझेर व्यवसायिक कृषि बारे याेजना बनाउने बताउनुभयाे ।
मन्त्री भएकाे ५ दिन भएकाे र ३ दिनमात्र मन्त्रालयमा जानकारि लिएर गृहजिल्ला अाउनुभएका मन्त्री अधिकारी बुढि गण्डकी जलविद्युत अायाेजना बनाउन क्याविनेटमा कुरा उठाउने उहाँकाे भनाई छ । यसवर्षकाे बजेटमा बुढिगणडकि जलविद्युत अायाेजनामा ५० कराेड बजेट छुट्याएकाे जानकारी दिनुभयाे ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री अधिकारीले अाफु किसानकाे छाेराे भएकाे र गाउघरमा रैथाने बालि लगाउने बाहेक केही थाहा नभएकाे बताउनु भएकाे छ ।
शुक्रबार मन्त्री नियुक्त भएपछि गृहजिल्ला पुग्नु मन्त्री अधिकारीलाई नेपाली काँग्रेस, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नागरिक समाजकाे तर्फबाट शुभकामना र बधाई ज्ञापन गरिएकाे थियाे । नागरिक समाजकाे तर्फबाट दाेसल्ला अाेडाएर सम्मान गर्दै सम्मानपत्र प्रदान गरिएकाे थियाे ।
नागरिक सम्मान कार्यक्रममा बाेल्दै रैथाने बाली लगाउँदा उब्जनी नहुने र बिकासे बाली लगाउँदा बदमासी धेरै हुने भएकाेले किसानले दुखपाएकाे र कृषि क्षेत्रकाे विकास नभएकाे मन्त्री अधिकारीले बताउनुभयाे ।
कुशलतापुर्वक जिम्मेवारी पूरा गर्नु चुनाैती भएपनि कलंककाे टिका नलगाई मन्त्री पदबाट विदा हुने मन्त्री अधिकारीले प्रतिवध्दता व्यक्त गर्नुभयाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar