मदनभण्डारीकाे याेगदानबारे विद्यार्थीले गरे चर्चा, संगम लम्साल प्रथम

मदनभण्डारीकाे याेगदानबारे विद्यार्थीले गरे चर्चा, संगम लम्साल प्रथम

  • Kandara Samachar

  • बुधबार, असार १३, २०८१

  • 407
    SHARES
मदनभण्डारीकाे याेगदानबारे विद्यार्थीले गरे चर्चा, संगम लम्साल प्रथम

सीताराम अधिकारी/धादिङ ।

नेकपा एमालेका तत्कालीन महासचिव तथा जनताकाे बहुदलिय जनवादका प्रवर्धक मदन भण्डारीसंग समकालिन राजनितिक आन्दोलनहरुमा सहभागि हुनुुभएका नेकपा एमाले केन्द्रीय सदस्य धर्मदत्त देवकोटा प्रमुख अतिथिको रुपमा मञ्चमा सहभागि हुनुुहुुन्थ्यो । 


मदन भण्डारीको योगदानबारे घण्टोँ धारणा व्यक्त गर्ने व्क्तिहरु भएको कार्यक्रममा विद्यालयमा अध्यायनरत विद्यार्थीहरुले नेपालको कम्यूनिष्ट आन्दोलनमा मदन भण्डारीको योगदानका बारेमा बताइरहेका थिए ।

विद्यार्थीले राजनिती गर्नुहुन्ने जबरजस्त विषय उठान भएकाे समयमा मदन भण्डारीकाे चर्चा गरेका विद्यार्थीले मदनकै पथचाप अगाल्ने समेत बताएका छन् । 

मदन भण्डारी फाउण्डेशन धादिङको आयोजनामा ७३ अाैँ मदन जयन्तीको अबसरमा धादिङबेसीमा आयोजित नेपालको कम्यूनिष्ट आन्दोलनमा मदन भण्डारीको योगदानको विषयमा
जिल्ला स्तरीय माध्यामिक विद्यालय स्तरको वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरुले मदनको योगदानबारे चर्चा गरेका थिए । 

कुकुर भुक्दै गर्छ, पिना सुक्दै गर्छ, हात्ति लम्कीँदै गर्छ, देशभक्त छोरो रुदा देशै रुँदो रहेछ भन्ने जस्ता मदन भण्डारीका भनाइहरु र सबैले मन पराएका भाषणबाट वक्तृत्वकलामा विद्यार्थीहरुले मदनभण्डारीको राजनितिक र सामाजिक आन्दोलनको बारेमा बताएका थिए । बिक्रम सम्बत २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनु भएका मदन भण्डारीको  चितवन जिल्लाको दासढुंगामा रहस्यमय दासढुंगा दुर्घटनामा २०५० जेठ ३ गते मृत्यु भएकाे थियाे 

१७ माध्यामिक विद्यालयका विद्यार्थीहरु सहभागि भएको कार्यक्रमको मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उमेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य धर्मदत्त देवकोटा, नेकपा उमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मदन भण्डारीकाे जन्म र मृत्युमात्र नभएर जनताको विकासको प्रगतिको पथमा लाग्नुपर्छ र सादा जिवन र उच्च विचार लिएर व्यवहारमा लागु गर्ने विचार विद्यार्थीहरुको रहेको छ ।

जनताको बहुुदलिय जनबाद र यसले रोजेको जनताको विचारको शासन मार्फत विकासको कुरा समेत उठाउँदै अन्र्तारष्ट्रिय स्तरमा समेत अर्को कार्लमाक्सं भएको समेत विद्यार्थीहरुले वक्तृत्वकलामा उठाउनुुभएको थियो ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज धर्मदत्त देवकाेटाले विद्यार्थीले बाेल्दा अाफुले संगै राजनीति गरेकाे मदनलाई सम्झेर आँसु चुहिएकाे बताउँदै सादा जीवन, उच्च विचार, सिद्धान्त जिवनका लागि मदन भण्डारीकाे बिचारले जिवनमा लागू भएकाे बताउनुभयाे । मदन तत्कालीन अवस्थामा एमालेका महासचिव भएपनि अहिलेकाे राजनिती मदनकै बिचारले अघिबढेकाे बताउँदै देवकोटाले जिवित देवता जनता भन्ने मदन जनताका सच्चा राजनेता भएकाे बताउनुभयाे । 

२०५० जेठ ३ गते मारिनु भएका मदन भण्डारीले २०६२/६३ काे अान्दोलनकाे नेतृत्व गर्दै अहिले पनि उहाँको बिचारले नेतृत्व गर्नु भएकाे नेकपा एमाले जिल्ला अध्यक्ष भुमि त्रिपाठीले बताउनुभयाे ।

नेकपा एमाले धादिङका सचिव राधिका सापकाेटा, मदन भण्डारी फनउण्डेशनका सदस्य हिरा रेग्मी लगायतले जीवन व्यवहार मदभण्डारीकाे याेगदानबारे चर्चा गर्नुभयाे । 

वक्तृत्वकलामा एड्भान्स् एकेडेमीका  संगम लम्साल प्रथम, महाभिरचुली बाेर्डिङ स्कुलकम रितु लामिछाने र महालक्ष्मी माध्यमिक विद्यालयकी जेनिन ढकाल द्वितिय, सुनाैलाे भैरबी माध्यामिक विद्यालयका प्रशंसा श्रेष्ठ तृतिय र जनकल्याण माध्यमिक विद्यालयका समृद्धि दहाल सान्त्वना हुुनुुभएको थियो । पुरस्कृत प्रथम द्वितिय, तृतिय र सान्त्वना हुनुुभएका विद्यार्थीहरुलाई १५ हजार, १० हजार र ५ हजार   र ३ हजार नगद सहित प्रमाण पत्रले प्रदान गर्दै पुरस्कृत गरिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar