नानु कार्की / धादिङ।
धादिङको थाक्रे गाउँपालिका वडा नं ७ राम्चेको ढुङ्गा खानीमा टिपरलाई ढुंगाले थिच्दा एकजनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा थाक्रे गाउँ पालिका वडा नम्बर ७ का ३१ वर्षीय देबेन्द्र खतिवडा रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दहालले जानकारी दिनुभयो ।
ढुंगाखानीमा ढुंगालिन गएकाे टिपर राेकेर राखेकाे समयमा माथीबाट ढुंगा पल्टिएर टिपरलाई थिचेकाे थियाे ।
चालक खतिवडा टिपरभित्र च्यापिएर मृत्यु भएकाे थियाे । घटनापछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।