धादिङ अस्पतालमा सर्पदंश उपचार सेवा सुरु

धादिङ अस्पतालमा सर्पदंश उपचार सेवा सुरु

  • Kandara Samachar

  • सोमवार, चैत्र ९, २०८२

  • 63
    SHARES
धादिङ अस्पतालमा सर्पदंश उपचार सेवा सुरु

 

धादिङ, ।
धादिङ अस्पतालमा पहिलो पटक सर्पदंश (स्नेक बाइट) का बिरामीको उपचारका लागि आवश्यक एन्टि–स्नेक भेनम उपलब्ध भएको छ। यससँगै अब जिल्लामै सर्पदंशका बिरामीले समयमै उपचार पाउने भएका छन्।

आपतकालीन  अवस्थामा सर्पदंशका बिरामीको जीवन रक्षा गर्न  तथा वर्षायाम तथा ग्रामीण क्षेत्रमा सर्पदंशका घटना बढ्ने भएकाले यो सेवा अत्यन्त उपयोगी हुने धादिङ अस्पतालका निमित्त निर्देशक  त्रिभुवनचन्द्र झाले बताउनुभयाे ।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र (एचएमएससी) तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सेवा संचालनका लागि सहयाेग उपलब्ध गराएकाे हाे ।

यसअघि सर्पदंशका बिरामीलाई उपचारका लागि बाहिरी जिल्ला वा राजधानीसम्म जानुपर्ने बाध्यता रहेको थियो। अब भने धादिङमै एन्टि–स्नेक भेनम उपलब्ध भएपछि बिरामीले समयमै उपचार पाउने र ज्यान जाने जोखिम न्यूनीकरण हुने विश्वास लिइएको छ।

अस्पतालले सर्पदंश जस्ता आपतकालीन अवस्थामा ढिला नगरी तुरुन्त धादिङ अस्पतालमा सम्पर्क गर्न सर्वसाधारणमा आग्रह गरेको छ। साथै, सर्पदंशबाट जोगिन आवश्यक सावधानी अपनाउन पनि सबैलाई सचेत गराइएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar