अस्पतालमा विरामीकाे मृत्यु पछि छानबिन समिति गठन

अस्पतालमा विरामीकाे मृत्यु पछि छानबिन समिति गठन

  • Kandara Samachar

  • सोमवार, चैत्र ९, २०८२

  • 109
    SHARES
अस्पतालमा विरामीकाे मृत्यु पछि छानबिन समिति गठन

धादिङ,

धादिङ अस्पतालमा उपचारका क्रममा १८ वर्षीया मिरा आचार्यकाे मृत्यु भएकाे घटनालाई लिएर ३० दिनभित्र प्रतिवेदन पेश गर्नेगरि ५ सदस्यीय छानविन समिति गठन गरिएकाे छ ।

मृतकका आफन्तले उपचारमा लापरबाही भएको आशंका व्यक्त गरेपछि घटनाबारे सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी माेहन प्रसाद न्याैपानेको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।

छानविन समितिमा कन्सल्टेन्ट जनरल फिजिसियन, पीडितको तर्फबाट कुमारी घले आचार्य, विष्णु वहादुर लामीछाने, र धादिङ अस्पतालका मेसु डा. त्रिभुवन चन्द्र झा सदस्य सचिव रहनुभएकाे छ ।

छानविन समितिलाई आवश्यक कार्यादेश दिइएको र ३० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

धादिङ अस्पताल व्यवस्थापन, पीडित पक्ष, बीच भएकाे बैठकमा सुरक्षा निकाय समेतकाे सहभागिता थियाे ।

बैठकले मृतकको शव परीक्षण प्रक्रिया अस्पतालमै गर्ने, पीडित परिवारसँग समन्वय गर्दै आवश्यक सहजीकरण गर्ने तथा घटनासम्बन्धी कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

यसैगरी, अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउनेतर्फ विशेष जोड दिइएको छ। स्वास्थ्यकर्मीहरूलाई जिम्मेवार बनाउने, उपचार प्रक्रियामा पारदर्शिता कायम गर्ने तथा सेवाग्राहीसँग प्रभावकारी सञ्चार प्रणाली विकास गर्ने निर्णयसमेत गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar