बालबालिकामा लगानी गर्नु विकास हाेे : संघीय साम्सद बाेध नारायण श्रेष्ठ

बालबालिकामा लगानी गर्नु विकास हाेे : संघीय साम्सद बाेध नारायण श्रेष्ठ

  • Kandara Samachar

  • शनिबार, चैत्र ७, २०८२

  • 50
    SHARES
बालबालिकामा लगानी गर्नु विकास हाेे : संघीय साम्सद बाेध नारायण श्रेष्ठ
oplus_2

धादिङ

नवनिर्वाचित धादिङ २ का प्रतिनिधिसभा सदस्य बाेध नारायण श्रेष्ठले भवन र सडकमात्र नभई बालबालिकाकाे लागि गरिने लगानीमात्र विकास सम्भव हुने बताउनुभएकाे छ ।

जनजाति कल्याण आश्रमबाट सञ्चालित आमाकोमाया छात्राबासकाे वार्षिकोत्सब तथा परिवार मिलन कार्यक्रममा संघीय साम्सद श्रेष्ठले जनताकाे लागि काम गर्ने हाे भने नयाँ तरिकाले जनताकै लागि गर्नुपर्ने बताउनुभयाे ।

सरकारी विद्यालयहरुले अनुशासन र नैतिक शिक्षा व्यवहारमा बालबालिकालाई सिकाउन नसकेकाेले समस्या आएकाे उल्लेख गर्दै साम्सद श्रेष्ठले शिक्षाले व्यवहार राम्रो बनाउनुपर्ने बताउनुभयाे ।

साम्सद श्रेष्ठले भन्नुभयाे, “एउटाले अर्कोलाई गालि गरेर देश बन्दैन, एउटाले अर्कोलाई प्रसंसा गरेरमात्र देश बन्छ ।”

हाम्रो देश पैसा नभएर नबनेकाे नभई फरक साेचाइ र काम गर्ने ईच्छा नभएर नबनेकाे भन्दै साम्सद श्रेष्ठले सबैले हातेमालाे गरेर देस बनाउन अाग्रह गर्नुभयाे ।

डा नविनबन्धु पहाडीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा आमाकाे माया छात्राबासलाई सहयाेग गर्ने २ सय ५० जनालाई सम्मानपत्र वितरण गरिएकाे थियाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar