✍️ सीताराम अधिकारी/धादिङ ।
पुल सेक्टर काठमाण्डौले २०७७ जेठ २६ गतेभित्र सम्पन्न गर्ने गरि धादिङको बेनिघाटरोराङ गाउँवपालिका ३ मलेखु रातमाटे र सिद्धलेक गाउँपालिका ४ आरुबासटार जोड्ने त्रिशूली नदीमा पक्की पुल बनाउन ठेक्का सम्झौता गर्यो
नागरिकको दैनिकी सहज बनाउन, सिद्धलेक गाउँपालिका वडा नम्बर ४ को सो क्षेत्रका किसानले उत्पादन गर्ने तरकारी फलफुल र अन्न बजारलाने पहुँचमार्गको रुपमा पुल बनाउन गाउँबासीको माग र स्थानीय जनप्रतिनिधिको आग्रह निर्माण थालिएको हो तर निर्माण व्यवसायीले पुल बनाउने काममा बेवास्ता गर्दा सातवर्ष वितिसक्दा पनि पुलको जगसमेत बनेको छैन । यो लोकल नेटवर्क पुलको रुपमा रहेको छ । पृथ्वीराजमार्गसंग सिद्धलेक गाउँपालिका ४ को मुख्यबस्ती जोड्नेगरि पुल बनाइउन लागिएको हो ।
तत्कालिन प्रतिनिधि सभा सदस्य भूमि त्रिपाठीले जनताको तर्फबाट आग्रह गरि २०७५ पुस ३० गते पुलको सिलान्यास समेत गर्नुभएको थियो । पुल सुरु गर्दा निर्माण व्यवसायीले समय सिमाभित्र पुल बनाउने बताएको थियो । महाबीर, नीलकगिरी, नेशनल जेभिले पुल निर्माणको ठेक्का ०७५ जेठ २७ गते सम्झौता गरेर लिएको थियो ।
पुल बनाउनुपर्ने समयमा नदी छेउमा जग खनेरमात्र छाडेको निर्माण व्यवसायीले सातवर्षमा पनि पुल नबनाएपछि आरुबासटारबासी आक्रोसित भएका छन् ।
१७ करोड ११ लाखमा तिन स्पानमा १ सय ४० मीटर लामो पुल निर्माण गर्ने ठेक्का सम्झौतामा उल्लेख छ । अहिले आरुबासटारपटीको भागको जगमात्र पुरिएको छ , नदीको बिचमा भागको दुईओटा पिलरको काम नै सुरु गरेको छैन भने मलेखुपटीको क्षेत्रमा जग उठाइएको देखिएको सिद्धलेक गाउँपालिका वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष रामहरी बराकोटीले बताउनुभयो ।
त्रिशूली नदीमाथी पक्की पुल निर्माण भएपछि सो क्षेत्रका मानिसले तरकारी, खाद्यान्न, फलफूल, तथा अन्य उत्पादन बजार लान सक्नेछन् भने कृषकहरु व्यवसायिक खेतीतर्फ उन्मुख हुनेन् तर लामो समय भइसक्दा पनि पुल निर्माण नहुँदा गाउँबासीको समस्या समाधान हुन सकेको छैन ।
पुल सेक्टर काठमाण्डौले निर्माण व्यवसायीले समयमा काम नगरेका कारण का मगर्न म्याद थप गरेको पनि हो तर अहिले पनि काम नभएको बताइएको छ । २०८१ असार ३० सम्मको लागि पुल सेक्टर काठमाण्डौले म्याद दिएकोमा निर्माण व्यवसायीको लापर्वाहीले काममा ढिलाइ भइररहेको पुल सेक्टर काठमाण्डौका इन्जिनियर राजेन्द्र महर्जनले बताउनुभयो ।
अहिले ठेक्काको म्याद गुज्रेको छ । पुल बनाउने स्थानमा एउटा स्काभेटर लगेर निर्माण व्यवसायिको तर्फबाट काम गरेको जस्तो भने देखाइएको छ तर तदारक्ताका साथ काम नभएको स्थानीयबासीको भनाइ छ । पुल निर्माणमा ढिलाईका सम्बन्धमा निर्माण व्यवसायी युवराज डाँगीलाई ९८५१०४८१८५ मा पटक पटक सम्पर्क गर्दा फोन उठेन । स्थानीय उपभोक्ताले गरेको फोन समेत निर्माण व्यवसायिले नउठाएको गुनासो नेपाल समाचारपत्रलाई गरेका छन् ।
म्याद सकिएपछि काम गरिरहेको सम्बन्धमा पुल सेक्टर काठमाण्डौका इन्जिनियर महर्जनका अनुसार निर्माण व्यवसायिले कार्यालयलाई विस्वास हुनेगरि काम गरेका भुक्तानी हुन सक्ने बताउँनुभएको छ ।
सम्बन्धित समाचार